तनहुँ जिल्लाकाे भानु नगरपालिका वडा नम्बर १० स्थित मानेचौकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृत प्राप्त त्रिभुवन क्याम्पसको मङ्गलबार क्याम्पस सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ।
क्याम्पसमा सञ्चालक समितिको निर्वाचन निर्विरोध गराउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि क्याम्पस प्रशासन निर्वाचन गराउन बाध्य भएको जनाएको छ।।अध्यक्षमा तीनजनाको उम्मेदवारी परेकोमा थियो ।विजयी उम्मेदवार विमलराज जोशी जोशी समूहसँग आबद्ध छन् भने तारा नरेश पौडेल नेपाली कांग्रेससँग आबद्ध छन्। त्यस्तै, विष्णु पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र नम्बर १, का सभापति हुन्।
l
अध्यक्षको प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको निर्वाचन कमिटीले घोषणा गरेको मत परिणाम अनुसार बिमलराज जोशीको – ११८, तारा नरेश पौडेलको-५६ र विष्णु पोखरेलको०५ मत आएको थियो । यसरी भारी मतका साथ स्वतन्त्र उम्मेदवार बिमलराज जोशी विजय भएका छन्। उपाध्यक्षमा -हिरा बहादुर सापकोटा , खुल्ला सदस्यमा श्रीराम ढकाल,पन्कज अधिकारी ,नारायण बहादुर थापा ,दिपेन्द्र अधिकारी
महेन्द्र जंग गुरुङ र महिला सदस्य गायत्री त्रिपाठी जोशी विजय हुनुभएको छ। स्वतन्त्रका उम्मेदवार नेपाली काङ्ग्रेसका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बीच भएको प्रतिस्पर्धामा कसले चुनाव जित्ने
हो भन्ने विषयमा निकै अड्कलबाजी गरिएको थियो। शुद्ध शैक्षिक संस्थाको चुनाव भएपनि गएको प्रतिनिधि सभाको उपनिर्वाचन र आउँदै गरेको निर्वाचनले गर्दा चिसो मौसमलाई पनि निकै तताएको थियो।
क्षेत्र नम्बर १ को गत उपनिर्वाचनमा जोशी समूहको सहयोगको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भारी मतले पराजय गरेका थिए। यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निकै हौंसाएको थियो। यो क्याम्पसको निर्वाचन भएपनि अहिलेको अवस्थामा कसको अवस्था कस्तो छ भनेर छर्लङ्ग पारिदिएको छ । यसले अझै पनि क्षेत्र नम्बर १ ,मा जोशी समूहको पकट रहेको देख्न सकिन्छ। भने अब हुने आमनिर्वाचनमा पनि जोशी समूहले जसलाई साथ दिन्छ उसैको विजय निश्चित रहेको छ।


