समाचारAll

विद्युतीय चुल्हो घरघरमा पु¥याउनु पर्ने वत्ताहरुको जोड

दमौली खबर संवाददाता

दमौली, कात्तिक २१

विद्युतीय चुल्हो घर घरमा पु¥याउनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । उर्जा र वातावरणको लागि महिला सञ्जाल काठमाडौंको आयोजनामा सोमबार दमौलीमा विद्युतीय चुल्हो सम्बन्धि छलफल कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।

खाना पकाउने ग्यास नेपालमा नबन्ने हुँदा ठुलो रकम विदेशिने र महंगो पनि पर्ने भएकाले विद्युतीय चुल्हो प्रयोग प्रत्येक घरमा हुनु पर्ने वक्ताहरुको जोड थियो । कार्यक्रममा उर्जा प्रतिष्ठानका सचिव डिल्ली घिमिरेले ग्याँस भन्दा विद्युतीय चुल्होको प्रयोग गर्दा ४० प्रतिशत सस्तो पर्ने जानकारी दिनुभयो । ग्यास भन्दा विद्युतीय चुल्हो जखिम कम हुने, सस्तो हुने र रकम विदेशिन जोगिने हुँदा जनचेतना जगाई ग्याँस विस्थापित गर्न सबै जना लाग्नु पर्ने घिमिरेले बताउनुभयो । कार्यक्रम उर्जा र वातावरणको लागि महिला सञ्जालकी अध्यक्ष कला तिमिल्सेनाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण प्रतापसिंह अधिकारीले गर्नुभएको थियो । कार्यक्रम विद्युतीय सामग्री बिक्रेताहरुको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Back to top button