दमौली खबर संवाददाता
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले लगातार चौथो पटक ठुलो अन्तरले स्वर्ण पदक ल्याएर विजयी भई विद्यार्थीले विद्यालयको इज्जत बढाएको बताउनुहुन्छ । खेल मैदान अभाव हुँदा हुँदै पनि बाहिर अन्यत्र ग्राउण्डमा लगेर खेलाएर शिक्षकहरुले पनि विद्यार्थीले समय दिएकोले सफलता मिलेको अध्यक्ष काफ्लेको भनाई छ । ‘आफ्नो र आफ्नो विद्यालयको नाम सफल बनाएकोमा एकदमै खुसी लागेको गौरव लागेको छ’ अध्यक्ष काफ्लेले भन्नुभयो । खेलाडीलाई सम्मान गर्ने गरिएको हौंसला मिलेकोले सफलताको लागि टेवा मिलेको उहाँ बताउनहुन्छ । विद्यार्थीलाई ‘समस्या भनेको नजिकका मैदानहरु विभिन्न कार्यक्रमले उचित खेल मैदान पाउने हो भने देशकै उत्कष्ट खेलाडी उत्पादन गर्न सकिन्छ’ काफ्लेले भन्नुभयो । धेरै विद्यालयसँग खेलमैदान छन् तर हामीसँग नभएपनि विद्यार्थी र शिक्षकको मेहनत, लगनशिलता र सृजनाशिलता सफल भएका छौं’ अध्यक्ष काफ्लेले भन्नुभयो, जिल्ला व्यापी रुपमा आयोजित प्रतियोगितामा विजेता हुँदै आएको छौं ।