Uncategorized

लकडाउनले नछोएको ग्रामिण भेग, खेतीपाती देखि अन्य काम निरन्तर

दमौली खबर संवाददाता
चैत १९ दमौली

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट देशवासीलाई जोगाउन सरकारले ’लक डाउन’ गरेको १० दिन बितिसक्यो । शहरी क्षेत्रका अधिकांश मानिस एकाध बाहेक घरभित्रै बसिरहेका छन् । तर ग्रामिण भेगमा खेतीपाती गर्ने भेगका मानिस जो कृषि पेशामा आश्रित छन् तिनीहरुको दैनिकीमा खासै परिवर्तन आएको छैन । तनहूँको विभिन्न ग्रामिण भेगका क्षेत्रमा गरिने खेतीपाती अहिले निरन्तर रुपले चलिरहेको छ । त्यहाँका स्थानियहरु चैते धान रोप्ने, तरकारी गोडमेल गर्ने, गाईवस्तुको हेरचाह र उनीहरुको आहाराको जोहो गर्ने कामका लागि रहेका छन् । सदरमुकाम आसपासका किसानले तरकारी र दूध सदरमुकाम लिएर बिक्री गर्न छोडेका छैनन् । डेरी र सदरमुकामवासीका घरमा दैनिक दूध र्पुयाइरहेका छन्। तरकारी बेच्नेले पनि सदरमुकाम लिएर बेचिरहेका छन् ।

तर पहिलेको तुलनामा उनीहरु समूहमा भने हिँड्दैनन् । ग्रामिण भेगमा घाँस दाउरा काट्ने, गाईबाख्रा चराउन गोठालो जानेलगायतका कार्य जारी रहेको व्यास  ६ का वडाध्यक्ष सुर्यभक्त भण्डारीले बताए ।’ सबै मानिस त्रसित छन् तर सचेत पनि छन् । दैनिक नगरी नहुने काम पनि स्थानीयले गरिरहेकै छन्,’ उनले भने । सहरका मानिसलाई लकडाउनमा कसरी समय बिताउने भन्ने चिन्ता छ तर हामीलाई कहिलै काम पुग्दैन व्यास ६ की चिजा श्रेष्ठले भनिन् ’केटाकेटीको हेरचाह, खानपीन, घाँसदाउरा, पानी पँधेरो, तरकारी गोडमेल, दूध र तरकारी बेच्न सदरमुकाम जाँदै ठिक्क हुन्छ । के को लकडाउन कामै पुग्दैन। आराम गर्ने फुर्सद पनि हुँदैन।’ उनीजस्तै अधिकांश किसानको दैनिकी यसरी नै बित्ने गरेको छ । उनीहरु भारतलगायतका अन्य मुलुकबाट जिल्लामा आएकासँग भने सचेत छन् । उनीहरुको सम्पर्कमा जाँदैनन् ।

Show More

Related Articles

Back to top button