Uncategorizedजीवनशैली

युनिटिको घुम्ति फुड बैंक

पृथ्वीराजमार्ग अन्र्तगत तनहँुको बन्दिपूर गाँउपालिका १ डुम्रेको सडक छेउको एउटा टेबलमा चामल, दाललगायत अन्य खाद्यन्नका पोकाहरु राखिएका छन्। खानेकुराको खातसँगै टाँसिएको फ्लेस्कमा लेखिएको छ,‘ फुड बैंक’। निशुल्क दामचामल पाइन्छ भनेर मंगलबार बिहानै त्यहाँ पुगेका मजदुर जुठे थापा दंग देखिन्थे । उनले भने, ‘यो हामी जस्तालाई ठूलो राहत भयो नि हजुर ।’ जुठेले केही पोका चामल र दाललगायतका खाद्यन्न त्यहाँबाट लगे। कोरोना महामारी अनि लकडाउनले गर्दा महिनौंदेखि बेरोजगार र बेखर्ची भएको उनी बताउँछन् । कोरोना संक्रमण तथा लकडाउनका कारण हातमुख जोर्न सकस भएका जुठे जस्ता थुप्रै मजदुर फुड बैंकबाट लाभान्वित भएका छन्। भोकभोकै बस्नुपर्ने वाध्यता यो अभियानले अन्त्य गरिदिएको छ।

फुड बैंकमा आउनुअघि जुठे कति दिन भोकै बस्नुपरेको पीडा सुनाउँछन् । जुठेसँगै फुडबैंकमा राहत लिन पुगेका अर्का रामबहादुर खुसी देखिन्छन्। उनी भन्छन्, ‘हामीजस्ताको पेटको पीडा बुझ्ने मानिस पनि हुँदा रहेछन् । नत्र हामी भोकभोकै मर्नुपर्ने थियो ।’ अन्य जिल्लामा लकडाउनको पहिलो चरणमा केही युवाले थालेको अभियान यतिखेर देशव्यापी बनेको छ। यसलाई फुड बैंकको नाम दिइएको छ। दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेलाई राहत दिने उद्देश्यले स्थानिय युुुुुनिटि ग्रुपले फुड बैंक संचालनमा ल्याएको छ । अभियानमा अहिले स्थानीय सहयोग र सहभागिता बढेको छ। दैनिक जीवनयापनमा आएको जटिलता र रोजीरोटी गुमाएका मजदुर परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याएको ग्रुपका संयोजक विक्रम गुरुङले जानकारी दिए ।

उनका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भन्ने उदेश्यका साथ सञ्चालनमा ल्याइएको फुड बैंकबाट २ औं दिनसम्म आइपुग्दा करिब एक सय जनाले खाद्यन्न सामाग्री प्राप्त गरिसकेका छन् । ‘मजदुर परिवारका पीडा र विशेष गरी भोको पेटलाई लक्षित गरी फुड बैंक सञ्चालनमा ल्याएको हो, गुरुङ भन्छन्, ‘फुड बैंकमा आदि केजी दाल, दुई केजी चामल, नुन, आदि खाध्य सामाग्री राखिएको छ ।’ उनका अनुसार फुड बैंक डुम्रे बाट सुरु गरिएकोमा भानु नगरपालिका लगायत आसपासको क्षेत्रमा फुड बैंकको सेवा प्रदान गरिएको छ । उनले भने, ‘विहान र साँझको समयमा विभिन्न ठाँउमा गएर फुड बैंक सञ्चालन गरिन्छ । धेरैलाई अहिले राहत मिलेको छ । ’ स्थानीय सरकारसँग समन्वय गर्दै संचालन गरिएको यो अभियानको बन्दिपूर गाँउपालिका अध्यक्ष पूर्णसिं गुरुङले सुभाराम्भ गरेका थिए। समान दिन र लिन आउनेका लागि सुरक्षाका मापदण्ड अपनाइएको छ । राहत लिनुअघिस्यानिटाइज्ड गर्ने, सामाजिक दुरी कायम गर्ने र मास्कको व्यवस्था मिलाइएको छ । फुड बैंकसम्म आउन नसक्नेहरुका लागि भने सुरक्षित तवरले घरसम्म नै खाद्यन्न पु¥याउने व्यवस्था मिलाइएको छ ।

 

Show More

Related Articles

Back to top button