स्थानीय सरकार उद्घाटन र वार्षिकोत्सवमा अल्झिरहदाँ म्याग्दे गाँउपालिका भने जनताको घर घरमा पुगेको छ । घरदैलोमा पुगेर एकिकृत घुम्ति सेवा प्रदान गरेको गाउँपालिकाले वास्तविक कृषकलाई अनुदानमा समावेश गर्न फेरी घरदैलो गरेको छ । यसरी घरदैलोमा गरी अनुदानको कार्यक्रम गर्दा काजगी रुपमा कृषक बनेका लाभ लिन सक्थे । अनुदानलाई प्रभावकारी बनाई उत्पादन र कृषिमा आत्मनिर्भर यस्ता कार्यले टेवा पुग्दछ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्रका दर्ता गरेर व्यवसाय गरेका कृषकको व्यवसायको अनुगमन तथा निरिक्षण गरिएको अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितीका संयोजक घिमिरे, सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले पालिकाकाले व्यवसायिक कृषकका लागी अनुदान माग गरेको फर्मको अनुगमन तथा निरिक्षण भईसकेको अवस्था छ । व्यवसायिक फर्ममा पुगेर कृषकका धारणा सुनेकाले समस्या निराकरण समेत टेवा पुग्ने देखिन्छ । नेपालका तीन तहकै सरकारले वास्तविक कृषक लाभ हुने गरी काम गरेको भए देश आत्मनिर्भर हुने मात्रै नभई निर्यात गर्न सक्षम हुने थियो । म्याग्दे गाउँपालिकाको कदम प्रशंसा योग्य छ अरु पालिकाले पनि यस्तै नमुना काम गर्नुपर्दछ ।
Related Articles
म्याग्दे गाउँपालिकामा प्रवक्ता चयन बिवादमा गाउँपालिकालाई एमालेको पार्टी कार्यालय बनाउन खोजेको आरोप
February 15, 2023
वागेश्वरी मोटरबाटो सबै कालोपत्रे गरौं
April 20, 2023
Check Also
Close
-
म्याग्देमा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान
February 7, 2023


