Uncategorized

महिर्षवेदव्यासको मुर्तिको डिपिआर मन्त्री भटराईलाई बुझाईयो ।

माघ ५,

दमौली खबर संवाददाता

व्यास नगरपालिका वडा नं ३ मा रहेको व्यास क्षेत्रमा निर्माण गर्न लागिएको महर्षिवेदव्यासको डिपिआर नेपाल पर्यटन संस्कृति तथा नागरिक उडयन मन्त्री योगेश भटराईलाई बुझाईएको छ । एक सय आठ फिटको मूर्ति निर्माणको लागि आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह विराट ज्ञानमहायज्ञको लागि मन्त्री भटराईलाई प्रमुख अतिथिको निमन्त्रणा दिदै समितिले डिपिआर बुझाएको हो ।

शुक्रबार मन्त्री भटराईको कार्यकक्षमा राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ, व्यास क्षेत्र शिव पान्चायन विकास कोषको अध्यक्ष अशोककुमार श्रेष्ठ, व्यासका अध्येता काशीनाथ न्यौपाने लगायतले प्रत्यक्ष भेटि निमन्त्रणाको कार्ड सहित डिपिआर दिईएको हो । महायज्ञ माघ २० गते देखि २८ गते सम्म हुने भएको छ । मुर्ति निर्माणको अहिले कोषमा ५० लाख रकम मात्र रहेको भन्दै थप रकमको लागि महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । गुरुयोजनाको लागि ६३ करोड भन्दा बढी खर्च हुने जनाईएको छ ।

गुरुयोजनाअनुसार ब्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, ब्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना ब्यासका मूर्तिहरु, ब्यासका अनुयायीहरुको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।

Show More

Related Articles

Back to top button