समाचारAll

प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पहल

दमौली खबर संवाददाता

दमौली, माघ १५

प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद(सिटिईभिटी) गण्डकी प्रदेशले पहल गरेको हो ।

पहलका क्रममा गण्डकी प्रदेश भित्रका प्राविधिक शिक्षा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर दमौलीमा आईतबार देखि अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशसँगको समन्वय र सहकार्यमा गुणस्तरीय प्राविधिक शिक्षाको सञ्चालन र व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया तथा छलफलको कार्यक्रम आयोजना गरिएको हो । हालको अवस्था के छ ? हुने पर्ने के हो ? यसलाई कसरी सम्पादन गर्ने, कसको भूमिका कस्तो रहने आदिको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको सिटिईभिटी गण्डकी प्रदेशका प्रमुख प्रमोद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा लागि प्रदेश भित्रका आङ्गिक, साझेदारी, टेक्स र नीजि शैक्षिक संस्थाहरुका प्रधानध्यापक÷शिक्षालय प्रमुख÷ कार्यक्रम सञ्चालकहरु गरी ५१ जना सहभागी हुनुहुन्छ । तनहुँ, लमजुङ,गोरखा, नवलपुर जिल्लाका सहभागी रहेका छन् । यसैगरी १९ र २० गते पोखरामा कास्की, स्याङ्जा, वाग्लुङ, पर्वत र मुस्ताङका सहयागीबीच छलफल तथा अन्तरक्रिया गरिने आचार्यले जानकारी दिनुभयो । तेस्रो चरण अन्तर्गत प्राविधिक धार (९–१२) का विद्यालयहरुको कार्यक्रम माघ २२ पोखरामा गरिने उहाँले जानकारी दिनुभयो । सामाजिक विकास र स्वास्थ्य मन्त्रालयका अधिकृत सुशिला अधिकारी र ऋषि वास्तोलाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

Show More

Related Articles

Back to top button