समाचारखेलकुद

प्रथम ऋषिङ म्याराथनको उपाधी रोकायालाई

दमौली, पुष २७, कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् । तैपनि पर्यटकको मन पहिलाको जस्तो घुमफिरमा खुलेको छैन् । कोरोनाको प्रभावले भर्खर भर्खर पर्यटनमा बामे सार्दै गरेका क्षेत्र त शिथिल अवस्थामा छ ।

कोरोनाको महामारीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन जिल्लाको ऋषिङ गाउँपालिकाले आयोजना गरेको पहिलो ऋषिङ म्याराथनको उपाधी जुम्लाका राजन रोकायाले पाएका छन् । तीन विधामा भएको दौडको खुलातर्फ आयोजना गरिएको ४० किलोमिटर दूरीलाई दुई घण्टा ५१ मिनेट २६ सेकेन्डमा पार गदै ५३ वर्षीय रोकायाले प्रथम उपाधी हासिल गरेका हुन् । उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेका छन् । यस अघि पनि उनले विरंगज, बुटवलमा भएको म्याराथमा द्धिुतिय र काठमान्डौंमा भएको म्याराथनमा प्रथम भएका थिए ।

उक्त दुरीलाई दुई घण्टा ५१ मिनेट ५० सेकेन्डमा पार गदै डोटीका ३४ वर्षीय नवराज साउथ द्धितिय भएका छन् । यस अघि उनले व्यास नगरपालिकाले आयोजना गरेको प्रथम म्याराथनमा पहिलो र दोस्रो म्याराथनमा द्धितिय भएका थिए । उनि पनि त्रिभुवन आर्मी क्लबमा आवद्ध रहेका छन् । दुई घण्टा ५७ मिनेट ५० सेकेन्डमा उक्त दुरी पार गदै सोलुखुम्बुका २९ वर्षीय सुमन कुलुङ तृतिय भएका छन् ।

उनी यस अघि व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनमा प्रथम भएका थिए । ३ घण्टा २ मिनेट ३५ सेकेन्डमा उक्त दुरी पार गदै कालीकोटका २५ वर्षीय देवराज महतारा सान्त्तवना भएका छन् । उनि पनि यस अघि व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनमा द्धितिय भएका थिए । प्रतियोगितामा खुल्ला तर्फ एक सय २५ जनाको सहभागिता रहेको थियो ।

ऋषिङ गाउँपालिका–८ मा पर्ने ऐतिहासिक थलो ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट शुरु भएको दौड ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख गाउँपालिकाको कार्यालय हुँदै ऋषिङ–३ को दुबुङ भ्यूवटावरमा पुगेर अन्त्य भएको थियो ।

यो विधामा प्रथम हुने धावकले नगद ६५ हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सान्त्वना हुने ३ जनालाई १० हजार रुपैयाँका दरले पुरस्कार दिईएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । १० किलोमिटर दुरीमा भएको स्थानिय दौडको उपाधी पदमबहादुर आलेले जिते । नेपाल आर्मीका उनले १५ हजार रुपैयाँ पाए । विजय आले दोस्रो र नेखबहादुर कुमाल तेस्रो भए । उनीहरुले क्रमशः १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । गढीडाँडाबाट सुरु भएको दौड ऋषिङ गाउँपालिका–६ स्थित ज्यामिरे माई मन्दिरमा पुगेर टुगिंएको थियो । ८८ जनाले यो विधामा सहभागिता जनाएका थिए ।

४ किलोमिटर दुरीमा भएको महिला दौडको उपाधी सिता रानाभाटले नितेकी छन् । यमुना थापा दोस्रो र सुम्मिता रानाभाट तेस्रो हुन सफल भए । उनहीहरुले क्रमश ः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । गढीडाँडादेखी ऋषिङ –७ मा रहेको दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडिएका थिए ।

यो विधामा ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । गाउँपालिकामा रहेका पर्यटकिय गन्तव्यको प्रर्बद्धन गर्न म्याराथन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ इतिहास बोेकेको थलो हो । ‘सम्भावना बोकेका धेरै गन्तवय आझेलमा परेको छन्’, उनले भने, ‘खेलकुदको माध्यमबाट तीन गन्तव्यको प्रबद्र्धनमा जुटेका छौँ ।’

Show More

Related Articles

Back to top button