समाचारविचारUncategorized

पोलपछि पर्खाई बिजुलीको उज्यालो पर्खिरहेको भन्डारकटहरे गाउँ

बिजुलीका पोल गाडिएकोे ७ वर्ष नाघ्यो । तर गाउँमा विद्युत पुगेको छैन् । सबै गाँउभरि बिजुली पुयार्उने योजनाका साथ घिरिङ गाउँपालिका वडा नम्बर १ को भन्डार कटहरेमा बिजुलीको पोल पुगे पनि बिजुली सुचारु भएको छैन । ‘बिजुलीको उज्यालोमा बस्ने सपना छ । मोबाईचार्ज देखि बिजुलीको काम लागि घण्टौँ हिँडेर अर्को वडामा जानु पर्छ’ लक्ष्मण थापाले भने ‘बिजुलीको पोल गाड्ने, पोल गाड्ने काममा पनि खटिएँ । तर, अहिलेसम्म बिजुली बलेन् ।’ उनले थपे,‘सबै मैनीबत्ती टुकीको भरमा छौ, यहि वैशाखमा बिजुली आउछ भन्थे

अहिले सम्म आएको छैन । ’ बिजुलीको पोल ढल्ने अवस्थामा पुगिसकेको छ । लामो समय देखि पोल गाडीएको तर तार बिस्तार पनि गरिएको छैन । उपभोक्ताको घरसम्म पुग्नेगरी सहायक पोलहरु पनि बिस्तार भएको छैन । ‘सहायक पोलहरु छैनन् । ट्रान्सर्फमर छैन’ थापाले भने ‘सातवर्षको अवधिमा गाँउको सबै क्षेत्रमा पोलमा बिस्तार भयो, तर तार भने भएन । निकै सुस्त गतिमा काम भएको छ । योजना अधुरो छ ।’ वडाको सबै ठाँउमा पुयार्उने योजनाका साथ काम अघि बढे पनि बजेट अभाव, सरकारको प्राथमिकतामा नपर्दा योजना बिचमै रोकिन पुगेको छ । ‘ गाँउपालिकाले सबै ठाँउमा बिजुली विस्तार गदै छ । लकडाउनले गर्दा बिस्तार गर्न ढिलाई भएको हो ।

गाउँमा विद्युत बिस्तार गर्दा पोलको ढुवाजी मुख्य चुनौती बनेको छ’ विद्युत बिस्तार उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले भने ‘अरु वडाहरुमा विस्तार हुदै छ, यो वडामा पनि छिटै हुन्छ ।’ गाउँका एक सय ९७ घरधुरीमा विद्युत पुयार्उने लक्ष्य छ । गाउँपालिकाको लागतमा विद्युत बिस्तारको योजना अघि बढेको हो । उक्त ठाँउमा उज्यालो विशेष कार्यक्रम चलाउनु पर्ने स्थानीय अगुवा रेशम थापाले बताए । ‘यहाँका जनता टुकीको भरमा छन् । बिजुलीको उज्यालो दिन स्थानीय सरकारले बढी ध्यान दिनुपर्छ’ उनले भने ‘अधुरा योजना सम्पन्न गरेर गाउँमा विद्युत बिस्तार गरिनुपर्छ ।’

Show More

Related Articles

Back to top button