हेडलाईनसमाचार

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरिने

<span;>पृथ्वी राजमार्ग अन्र्गत दमौली–डुम्रे खण्ड रातको समयमा दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्नको लागि दैनिक चार घण्टा बन्द हुने भएको हो ।
<span;>     सडक विस्तारको लागि व्यास नगरपालका –१२ छिर्कन देखि देउरालीसम्ममा भित्तो खार्नुपर्ने कामको लागि मङ्सिर ३ गते देखि २३ गते सम्म राती ११ बजे देखि  १ बजे सम्म गरी दुई घण्टा सडक पुर्ण रुपमा बन्द गरिने सुचनामा उल्लेख गरिएको छ । त्यसपछि १ बजे देखि १ः ३० बजे सम्म गरी आधा घण्टा सडक आवागमन खुल्ला हुनेछ । त्यसपछि बिहान २ बजे देखि ४ बजे सम्म पुनः दुई घण्टा गरी चार घण्टा बन्द हुने आयोजना प्रमुख द्धारा जारी सूचनामा उल्लेख गरिएको छ । सडक निर्माणको कार्यलाई तिव्रता दिनको लागि यस सडक खण्डमा सवारी आवतजावतमा रोक लगाईएको जनाईएको छ ।
<span;>     आयोजनाका अनुसार यात्रुलाई समस्या कम होस् भन्नको लागि सवारी चाप कम हुने समय रातमा बन्द गरिएको हो । अत्यावश्यक एम्बुलेन्स, दमकल सेवालाई भने विशेष व्यवस्था गरी सवारी पास व्यवस्था  गरिएको छ ।

Show More

Related Articles

Back to top button