Allसाहित्य

निबन्ध :जीवनको लक्ष्य

-राजन गिरी ‘राज’

मानिस आफ्नो दैनिक जीवन यापनको क्रममा आउने हरेक अवयव हरुलाई पार गर्दै जाँदा कूनै दिन एस्तो परिबन्धनामा फस्दछ कि त्यस घटना लाई नै माध्यम बनाएर ऊ आउने भविष्यको परिकल्पना नै गर्न छोडिदिन्छ |ऊ संग नैराश्यताले बलियो जग बसालीसकेको हुन्छ | हरेक सम्भावना हरुलाई असम्भब देख्न थाल्दछ | फलत: पहाड झैँ लाग्न थाल्दछ जिन्दगी |

ऊ अत्तालिरहेको हुन्छ छट्पटिमै बितेको हुन्छ साह्रा समय , एउटा नसोचेको , नचिताएको घटना आफु संग घटेको विस्वास त हो नि यो ? ऊ पटक-पटक आँखा घुमाउँछ चारैतिरको दृष्यावलोकन गर्छ , हिजोको ठाउँ र उसको आजको ठाउँलाइ तुलना गर्छ ,ऊ भक्कानिन्छ भित्र-भित्रै चित्कार छोड्छ ,चिथोर्छ आफूलाई कोतार्छ ,अनि फेरी निश्चित परिधी बनाएर भुँइमा हेर्दै आफ्नो परिधि पूरा गर्दै जान्छ | बितेका घटनालाइ पुन: संस्मरण गर्दै जान्छ पटक-पटक | त्यसैले ऊ जहाँको त्यहीं हुन्छ किनकि ऊ अतित मै रुमलिरहेको हुन्छ | हामी यदि पछाडीको बाटोमा नै पुन: यात्रा गर्दैछौं भने गन्तब्यमा कसरि पुग्न सक्छौं र ? उसले आउने दिनको समय तालिका संग आफ्नो जीवनको कार्यतालीका मिलाएर अगाडी बढ्नु पर्ने थियो |
हो हामी परिक्षामा हमेशा पास नहुन पनि सक्छौं , फेल भैयो भनेर घरमा गई क्रोधले साह्रा किताब कापी च्यात्नु मुर्खता होनी हैनर ! किताब कापीको के गल्ती ? एस्तै बुध्दिले गर्दा हामी अगाडी बड्न सकिरहेका छैनौं यो कटु सत्य हो |

चन्द्र सुर्य जस्ता साक्षात् भगवान् लाई त ग्रहण लाग्दछ , धर्ती माताले पनि अँध्यारोको सामना गरिरहेकी छन् भने हामी त तिनैका छात्र छायाँमा हुर्केका , उनकै हत्केलामा उभिन सकेका मानव जाती | हामीमा ग्रहण किन नलागोस् | को छ अछुतो कुनै न कुनै दु:ख बाट ? हरेक मानिस दुखि छन् यो जगतमा | त्यही दुखको कारण नै कति मानिसहरुले सफलता प्राप्त गरेका छन् , जिन्दगीको उँचाईलाइ आफ्नो औंलाले स्पर्श गरेका छन् भने धेरै व्यक्तिहरुले त्यहि दु:ख लाइ दु:ख मानेर जिन्दगीलाई जीवन जस्तो बनाउनै चाहेनन् | उनीहरुले आफ्नो लक्ष्यलाई त्यागिदिए | कोषिस गर्नै चाहेनन् | अब यात्रा नै नगर्ने हो भने गन्तब्य मा पुग्ने त कुरै आएन | त्यो गल्ती स्वीकार नगरी आफ्नो तक्दिरलाई भगवान को बैमानी मानेर , कतिले त आत्महत्या समेत गर्दछन | म यस्ता ब्यक्तीलाई कायर ,डर छेरुवा को संज्ञा दिन्छु |

जिन्दगी त एउटा खेल हो , खेल यदि आफू भन्दा अब्बल सँग खेलिन्छ भने खेल्नुको मज्जानै बेग्लै हुन्छ , सजिलो बाटो त सबै हिंडने गर्दछन नि ! मुश्किलको बाटो हिंड्नु पो यात्रा हो |

आफ़्नो लक्ष्य प्राप्तिका लागि पैदल चल्दा चल्दै कहिले काहीँ हामी गन्तब्यहिन हुन् पुग्छौं , भडकिन्छौँ ,किनकि ठूलो लक्ष्य समिट गर्ने आशामा साना तिना उस लक्ष्य संग जोडिएका अपरिहार्य कार्य हरुलाई हामी अनदेखा गर्दिन्छौं ,यो गलत हो | हामीले साना तिना लक्ष्य पूरा गर्दै गर्दै अगाडी बढ्नु पर्ने हुन्छ , यिनीहरुले हामीलाई वल प्रदान गर्दछन, इनर्जी प्रदान गर्दछन ,जसकारण हाम्रो यात्रामा मद्दत मिल्दछ |

जीवन एक सिंढी हो , जसले एकैचोटी फड्को मार्न खोज्यो ऊ गिर्ने निधो छ ,त्यसैले हरेक खुड्किला हरुमा बिस्तारै बिस्तारै पाइला राख्दै जानेहो भने लक्ष्य भेट्न गाह्रो छैन | लक्ष्य कुनै सिजनेवन फल होइन , यो त बाह्रैमास फल्ने फल हो उसलाई चिनेर जसले टिप्न सक्यो ऊ झन् स्वादिष्ठ हुन् जान्छ , जसले खाए उनीहरुले संसार चिने ,जसले फलको आशै गरेनन उनीहरुले संसार लाइनै बिर्सिदिए | हमेशा रिस , राग, क्रोध, लोभ, मोह, जस्ता भयंकर बिमारी पाल्दै ओकल्दै बाँचिरहे | आफ्नो डाहाको धारिलो औजारले सभ्य छिमेकी हरुलाई रेटीरहे |

यस्ता व्यक्तिहरु हरेक समाजमा यत्र-तत्र फैलिएर रहेका हुन्छन यिनीहरुलाई बेवास्ता गरेर हामीहरुले आफ्नो बाटो साफ नगर्ने हो भने हामी कहिलै आफ्नो लक्ष्य हाँसिल गर्न सक्दैनौं |

रुपा गाउँपालिका ३
कास्की (ग.प्र)

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button