खेलकुद

धरानमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

१० पुस, काठमाडौं । श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका-१५ मा श्रीमतीको मृत्यु भएको छ ।

घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान काजिमानको कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले काजीमानलाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button