सम्पादकीय

धनीले जेष्ठ नागरिक भत्ताको लोभ नगरौं

दमौली खबर संवाददाता

जेष्ठ नागरिकलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिनु उपयुक्त हो । यसले गर्दा जेष्ठ नागरिकले सम्मानित जीवन जीउन मद्धत पुगेको छ । विशेष गरेर आर्थिक रुपमा विपन्न जेष्ठ नागरिकको लागि यो जीउने आधार समेत बनेको छ । त्यसो नेपालमा धेरै जनताहरु विपन्नको रेखामुनी रहेकोले जेष्ठ नागरिकलाई औषधी उपचारको सजह बनेको छ । छोराछोरीले हेंला गरेका बुबा आमालाई काम गर्न नसक्ने उमेरमा जीवनको लागि सहज भएको छ । सामाजिक सुरक्षा भत्ता दिनु राज्यको दायित्व भएपनि आर्थिक रुपमा सम्पन्न नागरिकले पनि लोभ गर्दै लिनु उपयुत्त भने हैन । राज्यबाट मैले के पाएँ भन्दा पनि राज्यलाई मैले के दिएँ भनेर सोच्नु पर्दछ । धन ठुलो हैन मन ठुलो बनाउनु पर्छ । धनी सामाजिक सुरक्षा भत्ता लोभिरहेको बेला भिमाद नगरपालिका–३ दरकाङ घर भई हाल सदरमुकाम दमौलीमा दैनिक ज्यालादारी गर्ने ७९ वर्षिय देउबहादुर थापा हुनुहुन्छ भत्ता नलिएर नमुना बन्नु भएको छ । राज्यबाट पाउने सुविधा लिने हो भने उहाँले केही दिन आराम गरेर खान पुग्छ तर उहाँ सुविधा लिन भन्दा काम गर्नमा आनन्द मान्नुहुन्छ । थापा आर्थिक रुपमा विपन्न भएपनि मनको भने धनी हुनुहुन्छ । थापाले राज्यबाट जेष्ठ नागरिकको लागि पाउने सामाजिक सुरक्षा भत्ता लिनुहुन्न भने बचेको रकम दान दक्षिणा दिएर नैतिक सन्देश दिनु भएको छ । धनीहरु सामाजिक सुरक्षा भत्ता नलिने हो भने राज्यलाई ठुलो आर्थिक भारबाट जोगाउन सकिन्छ । धन हुनेले मन ठुलो बनाएर वृद्धा अर्थात सामाजिक सुरक्षा भत्ता नलिनु उपयुक्त हुन्छ ।

 

Show More

Related Articles

Back to top button