दमौली खबर संवाददाता
दमौली, वैशाख १२
डिस होम फाईबर नेटले ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न तथा दुर्घटना न्यूनिकरण सहयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई सामग्री सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सामग्री सहयोग गरिएको हो । सामग्रीको डिस होमका गण्डकी प्रदेशका इन्चार्ज राजाराम पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक विष्णु मग्रातीलाई बुधबार हस्तान्तरण गर्नु भयो । सहयोग प्रति अभार व्यक्त गर्दै मग्रातीले दुर्घटना न्यूनिकरणका लागि उपयोगी मुलक सन्देशहरु बोर्ड राखिएको प्रभावकारी बन्ने अपेक्षा लिईएको बताउनुभयो । हस्तान्तरण गर्दै इन्चार्ज पौडेलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पौडेलका अनुसार एक लाख मूल्य बराबरको ट्राफिक सामग्री सहयोग गरिएको छ ।