समाचारAll

दाहाल व्यास नगर सभापतिमा उठ्ने

दमौली खबर संवाददाता

दमौली, पुुस २० । नेपाल शिक्षक संघ व्यास नगर अध्यक्षमा टिकाराम दाहाल आकांक्षी हुनुहुन्छ । दाहालले नगरभित्र हुने शैक्षिक विसंगतिलाई कम गर्न, शिक्षकको पेशागत मार्यादालाई उच्च राख्न, समय सुहाउँदो शिक्षा प्रणालीमा सुधार गर्न, शिक्षकलाई हालको प्रविधीसँग जोड्न उम्मेदवार बन्ने दाहालले दमौली खबरलाई बताउनुभयो । यसैगरी दाहालले शिक्षकले गरेका राम्रा कामलाई सबै सामु ल्याउन प्रशाय गर्ने, आफ्नो पेशा प्रति बढी भन्दा बढी जिम्मेवारी भएर असल चरित्र निर्माण कसरी अगाडी बढाउन सकिन्छ बहस चलाउने लगायतको प्रतिबद्धता दाहालका छन् । दाहाल व्यास नगरपालिका–५ चिन्तुटार स्थित शुक्र आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

यसअघि नगर कार्य समितिको सदस्यमा रहेर काम गरिसक्नु सक्नु भएको छ । कार्य समितिको वैठकमा सबै साथीले सभापतिमा उठ्नको लागि मद्धत गर्ने बताएकोले मनमा उत्साह जागेको दाहाल बताउनुहुन्छ । दाहाल दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको पूर्व स्ववियू सभापति हुनुुहुन्छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button