साहित्य

दमौलीमा राष्ट्रिय साहित्यिक सम्मेलन हुदै

गण्डकी वाङ्ग्मय प्रतिस्ठान तनहुँको आयोजनामा फागुन २४ गते २६ गते सम्म दोस्रो राष्ट्रिय साहित्यिक सम्मेलन दमौलीमा हुने भएको छ । सोमबार दमौलीमा पत्रकार सम्मेलन गर्दै प्रतिस्ठानका अध्यक्ष सागर उदासले फागुन २४,२५ र २६ गते तिनदिन सम्म हुने सम्मेलनमा  देशभरका साहित्यकारहरुलाइ समेट्ने योजना रहेको बताए ।

लगभग एक हजार दूई सय भन्दा बढी  साहित्यकार हरुको जमघट गराउने उद्देश्य रहेको र कबिता प्रतियोगिता समेत आयोजना गरिने उनले बताए । प्रतियोगितामा प्रथम द्दितिय तृतिय र सान्त्वना हुनेहरुलाइ क्रमशः पचास  हजार, ४० हजार ३० हजार र सान्त्वना ७ जनालाई १०÷१० हजारका दरले पुरस्कृत गरिने अध्यक्ष उदासले जानकारी दिनुभयो । साथै विभिन्न उपसमितिहरु गठन गरि कार्यक्रमको तिब्र तयारिमा जुटेको समेत जानकारी दिनुभयो । अध्यक्ष उदारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासघ तनहुँका अध्यक्ष ओमकार आचार्य ब्यासका अध्येता काशिनाथ न्योपाने, डक्टर इस्वरचन्द्र वाग्ले, समुन्द्र गोदार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Back to top button