समाचारविचारUncategorized

तनहुँमा ३२९ धारा जडान

तनहँु, रासस ,‘एक घर एक धारा’ अन्तर्गत तनहुँको व्यास नगरपालिका–७ मा ३२९ धारा जडान गरिएको छ । नगरपालिकाभित्र रहेपनि भौगोलिक दृष्टिले विकट मानिने सो वडामा पानीको स्रोत नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको थियो । वडा भित्रका खोल्साखाल्सीको मुहान २०७२ सालको भूकम्पपछि दबिएर एक ठाउँको पानी अर्को ठाउँमा पुगेपछि झनै कठिनाइ भोग्नुपरेको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिए । पानी नहुँदा यहाँका उत्पादनशील खेत र फाँट सिँचाइ अभावले बाँझो छन् । एक हजार २०० घरको यस वडामा हालसम्म उक्त घरसङ्ख्यामा पानी पु¥याएको उहाँले बताउनुभयो । करिब रु २५ लाखको लागतमा बस्तीदेखि करिब २०० मिटर तलको धारखोला चामपानी लिफ्टिङ गरी छापथोकका ४२ घरमा पानी वितरण गरी सकिएको छ । शेरा टोल विकास संस्थाअन्तर्गत रु ३७ लाखको लागतमा पानीको ट्याङ्की निर्माण गरी ७० घरमा पानी वितरण गरेको सो वडा कार्यालयले जनाएको छ । कलेस्ती बजार क्षेत्रका करिब १०० घरका लागि मादी नदी किनार नजिक रहेको सुनखोल्सीबाट पानी लिफ्टिङ गरी खानेपानी वितरण गर्न लागिएको छ ।तोरीखर्क–कलेस्ती खानेपानी योजनाअन्तर्गत रु १८ लाख ५० हजारको लागतमा करिब डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसाथ काम अघि बढाइएको छ । त्यसैगरी सिमलटार, नराङ्गा र माथिल्लो नराङगाका १५० घरमा खानेपानी व्यवस्था गर्न रु २० लाखमा निर्माण कार्य शुरु गरिएको छ । पाथ्रा टोल विकास क्षेत्रका ६७ घर परिवारको लागि रु ३७ लाखमा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्न योजना अनुरुप कार्य भैरहेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । कूल १३ वटा टोल विकास संस्था रहेको यस वडामा सडक, बत्ति, पानी, स्वास्थ्य र शिक्षा क्षेत्रका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो वडाले जनाएको छ ।

Show More

Related Articles

Back to top button