हेडलाईनUncategorized

तनहुँमा दुई जना कोरोना सक्रंमीत थपिए

दमौली खबर संवाददाता

तनहँुमा सोमबार दुई जना कोरोना सत्रंmमीत थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भानु नगरपालिका र बन्दीपूर गाँउपालिकामा एक÷ एक कोरोना सक्रंमीत थपिएका हुन् । भानु नगरपालिका १ का ३४ र बन्दीपूर गाँउपालिका ५ का ३४ वर्षिय पुरुषमा कोरोना सक्रमण पृष्टि भएको हो । उनिहरुलाई सम्बन्धी स्थानिय तहको आईसोलेसन राखी उपचार भई राखेको छ । गत २४ घण्टामा तनहँुमा ५९ जनाको स्वांब सकंलन गरि परीक्षणको लागि पोखरा पठाईएको मध्ये ५७ जनाको रिपोर्ट नेभेटिभ आएको हो ।

सोमबार दूई जना कोरोना सक्रंमीत थपिए सँगै जिल्लामा कोरोना सक्रंमीतको संख्या एक सय ८६ पुगेको छ भने निको हुनेको सङख्या एक सय ७६ पुगेको छ । यसैबीच सोमबार भेटिएक कोरोना सक्रंमीत सामुदाय स्तरका रहेका भन्दै पालिकाहरुले उच्च सर्तकता अपनाएका छन् । बन्दिपूर गाँउपालिकाले २६ गते देखि २९ गते सम्म सक्रमंण देखिएको स्थानमा अत्यावश्यक बाहेका सेवा बन्द गरिएको छ । गाँउपालिकाले एक सुचना प्रकाशित गदै उच्च सर्तकता अपनाउन गाँउवासीलाई आग्रह गरेको छ । त्यस्तै भानु नगरपालिकाले पनि कोरोनाको जोखिम न्युनिकरण गर्न नगरपालिका एक हप्ताको लागि बन्द गरिएको छ । नगरपालिकाले सोमबार वैठक बसी एक हप्ताको लागि नगरपालिका, वडा कार्यालय लगायत अत्याश्यकका बाहेका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

Show More

Related Articles

Back to top button