समाचार

टिपर र ट्रक ठोक्किदा नेपाली सेनाका हवल्दार घाइते

पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनीमा टिपर र ट्रक ठोक्किदा नेपाली सेनाका हवल्दार घाइते भएका छन् । आँबुखैरेनी गाँउपालिका वडा नं २ एक्लेफाँटमा ना.१ ख ६४०० नं को टिपर र लु.१ ग. १६४ नं को नेपाली सेनाको ट्रक ठक्कर खादा नेपाली सेना घाईते भएका हुन् । घाईते हुनेमा पश्चिम पृतना बिजयपुर पोखरामा कार्यरत हवल्दार ३७ वर्षीय सूर्यबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ ।

स्याङ्जा पुतलीबजार नगरपालिका १३ निवासी घाइते खड्काको हाडजोर्नी अस्पताल आबुखैरेनीमा उपचार भइरहेको छ । आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको टिपर र विपरीत दिशाबाट आउदै गरेको नेपाली सेनाको ट्रक एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालक र दुबै सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जनाएको छ ।

Show More

Related Articles

Back to top button