समाचारAll

जेसिजको पदस्थापन सम्पन्न

दमौली खबर संवाददाता

दमौली , पुस २३ । जेसिआई व्यास नगरको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा निर्बतमान अध्यक्ष कृष्ण सुनारले वर्तमान अध्यक्ष राजु रानालाई माइन्यूट हस्तान्तर गर्नुभयो ।

कार्यक्रम जेसिजका केन्द्रीय अध्यक्ष विकास मानन्धरको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, जेसिआई व्यास नगरका पूर्व अध्यक्ष लक्ष्मीभक्त खनाल लगायतले जेसिजले तनहुँमा समाजिक कार्यहरु गरेर नमुना काम गरिरहेको र नयाँ नेतृत्वले पनि सबैको प्रशंसा हुने गरी काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Back to top button