विचार

जिल्ला प्रशासन तनहुँ, तउवा संघ र व्यास नगरपालिकालाई खुल्लापत्र

 

जिल्ला प्रशासन तनहुँ, उवासंँघ र व्यास नगरपालिकालाई खुल्लापत्र

रविन पौडेल

दमौली

कोभिड महामारीको यतिका समय सम्म हामी पिपिइ र स्यानिटाइजर सम्मको व्यवस्था गर्न सकेका छैनौँ भने आइसोलेसन र क्वारन्टिनको अनुुगमन मात्र होइन भिड हुने क्षेत्रको अनुुगमन समेत गरी भिड रोकथाम गर्ने प्रयासलाई प्राथमिकता दिउँ किनभने उपचार गर्न भन्दा रोकथाममा वढी जोड दिनु नै बढि बुद्धिमता हुनेछ ।
एक पटक व्यास ३ मा रहेको तरकारी लाईनको अनुुगमन गरौँ  खाद्य सामाग्रि तथा तरकारीको तनहँुु उद्योग वाणिज्य संघ वा कसैले अनलाईन तथा टेलिफोनबाट अर्डर लिएर होम डेलिभरि दिन सकिन्छ अहिले पनि दमौलीका करिव दर्जन पसलले होम डेलिभरी दिंदै आएका छन् तिनलाई परिचालन गर्न सकिन्छ र आवश्यकता अनुसार अन्यलाई पनि होम डेलिभरी प्रणालीमा लान सकिन्छ ।

यसो पनि गर्न सकिंदैन भने तरकारी लाइन जस्तो वढी भिडभाड हुने स्थानमा प्रहरी तथा नगर प्रहरी परिचालन गरी सामाजिक दुरी कायम गरी खरिद विक्रि गर्ने व्यवस्था कम्तिमा पनि तत्काल लागु गर्नुपर्ने अवस्था रहेको छ ।
लक डाउन लागु गर्न जोड दिउँ समाचार पढेर महामारी वारे थाहा पाएका स्थानियले टोल टोलमा वाँसको वार लगाएर निषेधित क्षेत्र घोषणा गर्ने क्रम वढेको छ । व्यास १० वाट दमौली स्थित एक विक्तिय संस्थामा काम गर्ने सोहि वडाका कर्मचारी निषेधका कारण घर फर्कन नपाएको २ दिन भयो ।

लक डाउन कडा नभएका कारण त्रसित स्थानियले सर्तकता अपनाउँदै वार लगाउँदा एम्वुलेन्सलाई समेत वाधा पर्ने देखिन्छ तसर्थ प्रहरी कडा हुनुपर्दछ भन्ने नागरिकको मागलाई सम्बोधन गरौँ । खाद्यान्न, दुध, तरकारी जस्ता अत्यावश्यक सामाग्रि ढुवानीका लागि दमौली वाहिर जिल्ला भित्रवाट निर्यात गर्नेले पास कसरी लिने त्यस्का लागि स्थानिय तहवाट पनि पास दिन मिल्ने व्यवस्था गरौँ ।
लक डाउन प्रभावकारी हुन सकेन भने जोखिम वढ्ने निश्चित त छ नै टोल टोलमा निषेधाज्ञा पनि वढ्नेछ ।

Show More

Related Articles

Back to top button