समाचार

जन्मदिनमा गौ संरक्षणमा सहयोग

आफन्तको जन्मदिन मनाउने विभिन्न तरिका हुन्छन् । कसैले भव्य पार्टी वा घुमघाम अनि महँगो उपहार दिएर मनाउने गरेको देखिन्छ । आफ्नो प्रियजनलाइ खुशी पार्न सबैले फरक फरक तरिका अपनाइरहेका हुन्छन्, जसको लागि राम्रैसंग खर्च गर्न पनि तयार हुन्छन् । व्यास २ मा रहेकी कल्पना गौलीले अष्टेलियामा रहेको आपनो छोराको जन्मदिन फरक तरिकाले मनाएकी छिन् । ब्यास १० दुम्सिमा रहेको छाडा गौ संरक्षणलाई ३ बोरा चोक्कर सहित नुन सहयोग गरि गौलीले आफनो छोरा अखिलेससि गौलीको जन्म दिन मनाएकी हुन् ।

गौं संरक्षण केन्द्रका अध्यक्ष प्रजापति समपकोटाले छाडा चौपायलाई चोकर र नुन उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । गौं संरक्षण केन्द्रका अध्यक्षले उदाहरणीय कामको प्रसंशा गर्दै अन्यले पनि सिको गर्नुपर्ने उल्लेख गरे । २ सय ५० रोपनि क्षेत्रफलमा फैलिएको उक्त ठाउँमा करिब ७० वटा गाई रहेका छन । पछिल्लो समयमा जन्मदिनको दिन गरिने फजुल खर्चलाई विभिन्न सामाजिक कार्य प्रयोग गर्न थालिएको छ ।

गाई संरक्षण केन्द्रका अभियन्ता सरोज भण्डारीले पछिल्लो समय विभिन्न अवसरमा गाई केन्द्र सहयोग गर्दा धेरै सहज भएको बताए । वडा अध्यक्ष तुलसीराप सापकोटाले नगरपालिकाले वडा कार्यालयले प्रत्येक वर्ष उक्त केन्द्रमा बजेट विनियोजन गदै आएको बताए ।

Show More

Related Articles

Back to top button