दमौली खबर संवाददाता
तनहुँ, काक्तिक २१ गते ।
घरको पिंढीबाट लडेर गोरखा सिरानचोक गाउँपालिका–८ माथिल्लो फिनाम बस्ने बर्ष ६८ को भिमु गुरुङको मृत्यु भएको छ ।
आईतबार पिढीबाट आँगनमा लड्न गई निजको टाउकोको भागमा चोट लागि घाईते भएपछि गुरुङलाई तत्काल उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारी गोरखा लगेकोमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
घटनामा मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी मृतकको आफन्त मार्फत जाहेरी दरखास्त लिई मृतक लाशको पोष्टमार्टम गराई लास आफन्तको जिम्मा दिईएको उहाँले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।