हेडलाईनसमाचारAll

गोविन्दराज जोशीको पहलमा हस्पिटल बनाउँछु भन्दा बन्न दिईएन जिल्लमा डेङ्गुको प्रकोप फैलिँदा स्तरीय अस्पतालको अभाव हुँदा जिल्लावासी पिडामा

दमौली खबर संवाददाता

तनहुँ, अशोज ९ गते

तनहुँमा डेङ्गुको प्रकोप फैलँदै गएको प्ररिप्रक्षमा जिल्ला सुविधा सम्पन्न अस्पतालको अभाव खड्किन पुगेको छ । जसका कारण तनहुँका विपन्न जनताहरु औषधी उपचारको अभावमा दिनप्रतिदिन ज्यान गुमाउन परिरहेको छ ।

नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले शिक्षा मन्त्री हुँदा पोखरामा रहेको मणिपाल हस्पिटलसँग १० बेडको अस्पताल निर्माण गर्ने र उक्त अस्पतालको रेखदेख पूर्णरुपमा नै मणिपाल हस्पिटलले रेखदेख गर्ने सम्झौता भएको थियो । उक्त अस्पताललाई स्तर उन्नती र शैया समेत थप गर्दै लैजाने सहमती २०४९ सालमा भएको थियो । २०५१ सालको निर्वाचनमा नेता जोशी तनहुँ क्षेत्र नम्बर २ छाडी क्षेत्र नम्बर १ मा गएपछि तत्कालिन व्यास नगरपालिकाका नगर प्रमुख ध्रुव वाग्ले र क्षेत्र नम्बर २ का तत्कालिन सांसद रामचन्द्र पौडेलले प्रतिशोध साध्न तथा नेता जोशीलाई जग जान्छ भनि उक्त सम्झौता कार्यान्वय हुन दिएनन् । नेता गोविन्दराज जोशी मणिपालसँग भएको सम्झौता अझै पनि आफूसँग सुरक्षित रहेको उल्लेख गर्दै उक्त सम्झौता कार्यान्वयन भएको भए वर्तमानमा सुविधा सम्पन्न दमौली अस्पताल बन्ने र शैया समेत थप हुने नेता जोशीको दाबी रहेको छ । यसैबीच नेता जोशीले जिल्लामा बढ्दै गएको डेंगु संक्रमण तथा व्यास नगरपालिकामा महामारीकै रुपमा फैलिएको यो रोगबाट बच्न जिल्लावासीलाई आग्रह गर्दै रोगका कारण निधन भएका परिवारजनप्रति समवेदना समेत प्रकट गरेका छन् । साथै नेता जोशीले जिल्लाका सबै स्थानीय तहलाई यस रोगको नियन्त्रण तथा रोकथाममा राजनीति भन्दा माथि उठेर जनताको स्वास्थ्यमा जुट्न आग्रह समेत गर्नु भएको छ । नेता जोशीले दमौली अस्पताललाई ५०० बेड क्षमताको अस्पताल बनाउन चाहेको बताउनुभयो । मणिपाललाई सेवा विस्तार गर्न दिईएको भए जिल्लावासीले स्वास्थ्य उपचारको लागि टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।

तनहुँमा प्रकोप बढ्न थालेपछि सरकारी तथा निजी अस्पताल तथा स्वास्थ्य सस्थाहरुमा बिरामीको चाप बढेको छ । सदमुकाम दमौली सहितका अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको हो ।

जिल्लामा झण्डै दुइ हजार जनामा डेंगुको सङ्क्रमण देखिएको छ । सङ्क्रमित बढेपछि जिल्ला उच्च जोखिममा परेको छ । तनहुँमा हालसम्म एक हजार सात सय ८० जनालाई डेङगुको संक्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनभयो । डेंगु भएमा एक्कासी ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुची नलाग्ने लगायतका लक्ष्यण देखिन सक्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वाथ्यकर्मीहरूले सुझाएका छन् । जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र बान्ता आउनु डेंगुका लक्षण हुन् । सङ्क्रमित लामखुट्टेले टोकेको तीनदेखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ  । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेङगु रोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, बिहान, दिउँसो राती जुनसुकै बेला झुल टाँगेर सुत्ने, पुरा बाहुला भएका र पुरा शरिर ढाक्ने कपडा लगाउने, लामखुट्टेको बासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउनु पर्ने स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो ।

Show More

Related Articles

Back to top button