साहित्यAll

-गजल-

-गजल-

फरक पर्दैन अब ,घृणा गर या प्यार गर
आफ्नो अस्तित्व गुमाइ , मलाई सर्मशार गर |

कुपोषणले थलापरेका , उडुस महोदय !
मेरो रगत रहुन्जेल ,आफ्नो उपचार गर |

हेरत ! ति तारा हरु ,रात् भर रोई रहेछन्
जाऊ थोपा टिपेर ,आँशुको ब्यापार गर |

मलाई थाहा छ ,लुटेराहरुको जमातमा छौ
यी गरीबका झुपडीमा ,केही चमत्कार गर ।
राजन गिरी ”राज”
रुपा 3 कास्की

Show More

Related Articles

Back to top button