साहित्यAll

खै यो के लोकतन्त्र

खै यो के लोकतन्त्र
***************
बुद्धिप्रसाद लामिछाने

दालभात डुकुमा पनि त खोइ किन आएन हाम्रो प्रजातन्त्र
गरीबको छुपडिमा ढिँडोओडाल्न पनि किन गएन लोकतन्त्र
गरीब दिनदु:खिको साथि हुँ भन्थ्यो हिजो गाँउघर झुपडिमा
तर आज सहरको आलिसान महलमा ठडिएछ मेरो लोकतन्त्र

जिवन बलिदान गर शान्ति समृद्धि दिन्छु भन्थ्यो लोकतन्त्रले
तर ठुलाठालुलाइ चैन गरीब निमुखालाइ ऐनदियो लोकतन्त्रले
खोइ किन हो दिल्लीको नबाफको लगौटिमा लुकेछ लोकतन्त्र
कालाबजारिया तस्करी कमिसनकोटाँङमुनि ढुकेछ लोकतन्त्र

बाँदरको हातमा नरिवल फेरी किन भएछ हाम्रो लोकतन्त्र
नखाँउ जिन्दगी भरिको सिकार मेरो उत्सर्गको लोकतन्त्र
खाँउ भने आफ्नै मातृभुमी आमाको अनुहार यो लोकतन्त्र
फेरि सडकमा नेपाली सपुतको रगत बगाऊँ भन्छ लोकतन्त्र

पद पैसा ठालु नाइकेको भकारीमा भर्न रमाउने यो लोकतन्त्र
गरिब निमुखा असाय भोक भोकै सडकमा लडाउने लोकतन्त्र
नेपाली नेपाली दोबाटोमा तमसा देखाउने खै के यो लोकतन्त्र
नेपालको लागि कि सेतो हात्ति पो भएछ त यो हाम्रो लोकतन्त्र

Show More

Related Articles

Back to top button