हेडलाईनविचार

कोही किन कांग्रेस बनोस् ?

बीपी कोइराला राजा भरत जस्ता थिए, उनले देश र जनताका लागि मात्र सोचे र नेपाली कांग्रेस प्रतिपादन गरे । अहिलेको नेतृत्व धृतराष्ट्रको जस्तो छ, ऊ केवल आफ्नालाई मात्र देख्छ ।नेपाली कांग्रेसमा पाण्डव र कौरव दुवै छन् । उनीहरूको बीचमा पदका लागि मात्र लडाईं चलिरहेको छ । यो लडाईंबाट आउने पिँडी पाण्डवको हुनेछ, तर पाण्डवपछिको पिंडीले परिक्षितले कलिको प्रभावमा परी भरत वंश सकाएर द्वापर युगको अन्त्य गरेजस्तै नेपाली कांग्रेसको पनि अन्त्य गर्नेछ ।

गगन थापाजस्ता युवा नेताहरूको आफ्नै कमी कमजोरी होलान्, तर उनीहरूको यहाँसम्मको यात्रा पनि गुटको राजनीतिबाटै भएको हो । क्याम्पसमा विद्यार्थी राजनीति शुरू गर्दादेखि नेविसंघको अध्यक्ष लगायत विभिन्न पदमा बस्दै कांग्रेसको केन्द्रीय कार्यसमितिसम्मको यात्रा विनागुट २०४६ सालभन्दा पछाडिको राजनीतिमा सम्भव भएको देखिँदैन। धरैजसोको राजनीतिक संस्कारमा गुट छ । जो जसरी उदय भयो त्यसले आफूलाई त्यसरी नै अगाडि बढाउँछ । संस्कार परिवर्तन सजिलै हुँदैन ।

लोकान्तर मा आज प्रकासित मेरो लेख । एकपटक सबैले यो मेरो लेख पढेर प्रतिकृया दिनुहोला। तपाईंको रचनात्मक प्रतिकृयाले आगामी दिनमा लेख लेख्ने हौसला प्रदान गर्ने छ ।

थप पढ्न तल क्लिक गर्नु होला

https://lokaantar.com/story/115063/2020/8/9/article

Show More

Related Articles

Back to top button