कोरोनाभाइरस

कोरोनाले छिनेको खुसी, एकै परिवारमा ३ जनाको मृत्यु

उमेरले झण्डै शताब्दी छुनै लागेका बाबु बिरामी परेपछि अस्पताल भर्ना गरियो । ४ छोरा र १ छोरीका पिता, त्यसमा पनि नेकपा जिल्लास्तरमा राम्रो पकड छँदै थियो । बाबुलाई भेट्न छोराहरू लगायत आफन्त, शुभचिन्तक बरोबर अस्पताल आइरहे । यता बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू र परिवारका अन्य सदस्यलाई विस्तारै कोरोना देखिन थाल्यो । एक साताभित्रै बाबु सहित २ छोराहरुको मृत्यु कोरोनाका कारण भयो । यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । जेठा छोरा र माहिली बुहारी भेन्टिलेरमा उपचार गराईरहेका छन् । यसले थप संशय छँदैछ ।

तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो । खेति किसानी मुल पेसा हो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । नाति नातिना जन्मे । समय क्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे । कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर पनि काम गरे । उनी पुर्व जिविस सदस्य थिए । साहिँला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र बने । कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एकमात्र छोरीको विवाह भएर पोखरामा जीवनयापन हुँदै आएको थियो ।जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्यो । परिवार छिन्नभिन्न बनायो । निमेषमै खुसी खोसेर लग्यो ।

असोज १८ साहिँला विष्णुकुमारको चितवन मेडिकल कलेजमा मृत्यु भयो भने असोज २४ मा माहिला कृष्णकुमारको काठमाडौंको विएनवि अस्पताल र असोज २५ मा बाबु धर्मकुमारको मेडिसिटीमा निधन भयो ।भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो । चितवन मेडिकल कलेज ९सिएमसी० मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचारकै क्रममा उनलाई कोरोना पुष्टी भएको हो । बिष्णुलाई सुरुमा घाँटी समाउने र श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल लैजाँदा लैजाँदै बाटैमा ज्यान गएको अनुमान छ । किनकि सिएमसीका चिकित्सकले उपचार गर्न नपाई एकै पटक मृत घोषणा गरेको जानकारी परिवार सदस्यलाई दिएका थिए । उनमा मधुमेहको समस्या थियो ।सो घटनाको भोलिपल्ट माहिला कृष्णकुमारलाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौं बिएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएको उनको भाइ बितेको ५ दिनपछि उपचारकै क्रममा मृत्यु भयो । उनी त्यसको केही दिन अघिमात्र प्नोष्टेटको अप्रेसन भई घरमै आराम गरिरहेका थिए । धर्मकुमारको भोलिपल्ट मृत्यु भयो । २०१०र११ सालतिरै अखिल नेपाल किसान संघमा आबद्द रहेका उनी नेकपामा जिल्लास्तरमा पुराना नेताका रूपमा चिनिन्छन् ।

उनले २०१५ सालको संसदीय निर्वाचनमा कम्युनिस्टका उम्मेद्वार तुलसी प्रसाद श्रेष्ठलाई जिताउन सबैभन्दा अग्रमोर्चा रही चुनाव प्रचारमा खटिएका थिए । कहिलेकाहीँ भिमादमा पनि छोराहरूसँग बस्ने उनले गत वर्षमात्रै श्रीमती गुमाएका थिए ।यता, परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौमा उपचार भैरहेको छ । माहिली बुहारी ९कृष्णको श्रीमती० विश्वशान्ति पनि कोेरोना संक्रमित छन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको भिमाद ६ का वडाध्क्ष श्यामसुन्दर जोशीले जानकारी दिए ।यतिमात्र कहाँ हो र साहिँली बुहारीको सोमबारमात्र पिसिआर टेष्टमा पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमाद घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोेरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा अमृतकुमार भने असोज १७ मा निको भएका छन् । भिमाद ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले मृत्युको घटनाले सिंगो भिमाद शोकमा डुबेको बताए । उनका अनुसार हिजोमात्रै भिमादका ६ जनामा कोरोना देखिएको छ । बजार पसल कम खुलेका छन् । यता गण्डकी प्रदेशमा हालसम्म ५ हजार १ सय जना संक्रमित भैसकेका छन् । कोेरोना संक्रमण दर लगातार बढिरहेको छ ।

Show More

Related Articles

Back to top button