श्रद्धाञ्जली

कांग्रेस नेता घिमिरेको निधन प्रति पूर्वमन्त्री जोशीद्धारा श्रद्धाञ्जली व्यक्त

दमौली खबर संवाददाता

दमौली, वैशाख ३

नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य एवं शिक्षा शाखा प्रमुख अम्बिका घिमिरेको निधन भएको छ । म्याग्दे गाउँपालिका वडा नम्वर ३ निवासी हाल शुक्लागण्डकी ५ वेलचौतारा बस्ने घिमिरेको वैशाख १ गते ६० वर्षको उमेर काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

घिमिरेको निधन प्रति नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । जोशीले शोक विज्ञप्तिमा मेरा परम मित्र समाजसेवी घनश्याम घिमिरेका सुपुत्र अम्विका घिमिरेको असामयिक निधनको समाचार सु्न्दा म स्तव्ध भएको उल्लेख गर्नु भएको छ । एक कर्मठ र जुझारु कार्यकर्ता तथा सधैं शिक्षकको हक हितमा लागी रहने स्व घिमिरेको निधन हाम्रा लागी अपुरणीय क्षती पुगेको जनाईएको छ । विज्ञेप्तीमा यस्तो भनिएको छ – यस दुखद घडिमा म उहाँ प्रति हर्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । म उहाँका पिता घनश्यम घिमिरे, आमा जयकाली घिमिरे, उहाँको धर्मपत्नि तथा छोराहरु र समग्र घिमिरे परिवारमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

बिपी विचार समाजद्धारा समवेदना व्यक्त

घिमिरेको निधन प्रति विपी विचार समाज तनहुँले पनि शोक व्यक्त गरेको छ । समाजका सभापति हरिशरण पण्डितले शोक विज्ञप्ति प्रकाशित गरि मेरा प्रिय सहयात्री मित्र, शैक्षिक, राजनैतिक एवम् सामाजिक क्षेत्रमा अब्बल पहिचान बनाउनु भएका अम्बिका घिमिरे (जो यस समाजको पूर्व समेत हुनुहुन्छ ) को असमायिक र अकल्पनिय निधनको खबरले स्तब्ध तथा दुःखी भएको जनाईएको छ ।

साथै यस दुखद घडीमा उहाँका पिता वरिष्ठ समाजसेवी तथा समाजका सल्लाहकार घनश्याम घिमिरे, आमा जयकाली घिमिरे, धर्मपत्नि, छोराहरु, समस्त घिमिरे परिवार, इष्टमित्र र शुभचिन्तकहहरुमा शोकलाई शक्तिमा परिणत गर्ने शक्ति प्राप्त होस् भन्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको । घिमिरेको निधनमा नेपाली काँग्रेस तनहुँले एक दिन कार्यलय बन्द, तीन दिन पार्टीको झण्डा आधा झुकाउने तथा पार्टी कार्यालय दमौलीमा १३ दिन सम्म शोक पुस्तिका राख्ने र १३ औं पुण्यतिथिको दिनमा शोक सभा आयोजना गर्ने जनाएको छ । घिमिरे सोमबार दमौली सेतीबुल्दी आर्यघाटमा दाहसस्कार गरिएको छ ।

दाहसस्कार गर्नु अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय शंकर भण्डारी, गोविन्द भट्टराई, नेकपा एमालेका केन्द्रीय सदस्य पिएल श्रेष्ठ, कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, जिसस तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेका पूर्वसभापति वैकुण्ठ न्यौपाने, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशका सांसदहरु अशोककुमार श्रेष्ठ, श्यामराजा महत लगायते पार्थिक शरिरमा अविर अर्पण गरि अन्तिम विदाई गरिएको थियो । स्थानीय तहमा प्रमुख, संघसस्थाका प्रमुख लगायत शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Show More
Back to top button