हेडलाईनसमाचारAll

काँग्रेसलाई सुर्धान अभियान चालेको हुँ ः नेता जोशी

दमौली खबर संवाददाता
दमौली, भदौ १९ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशीले नेपाली काँग्रेसलाई सुधार गर्न स्वतन्त्र अभियान चालेको बताउनु भएको छ । सोमबार बन्दीपुर गाउँपालिका–१ डुम्रेमा नेपाली काँग्रेस स्वतन्त्र अभियान तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले सो कुरा बताउनु भएको हो ।
     आगामी चुनावको लागि काँग्रेसका नेताले टिकट बेच्नको लागि बैना स्वरुप पैसा लिईसकेको र टिकट पाएपछि थप रकम दिनु पर्ने काम गरिरहेकोले त्यसका विरुद्ध अभियान चालेको बताउनुभयो । पैसामा टिकट बेचिएको छ, परिवारवाद, नातावाद, कृपावाद हावी भएकाले विद्रोह स्वरुप अभियान चलाएको उहाँको भनाई थियो । ‘टिकटको लागि भनेर बैना स्वरुप पैसा माग्न थालिएको र अहिले पैसा दिएर बुकिङ खुला गरिएको छ नेता जोशीले भन्नुभयो, गत वर्ष पैसा लिएर टिकट नदिएको व्यक्तिलाई पनि टिकट दिन्छु भनिएको छ’ । निर्वाचन ऐनले आफ्नो उम्मेदवारी बदर गर्न नमिल्ने जोशीले बताउनुभयो । सर्वोच्च अदालतको अन्तिम फैसला नहुँदा सम्म बदर हुँदैन भनेर स्पष्ट निर्वाचन ऐनमा लेखिएको उहाँले बताउनुभयो  ‘पहिला जालझेल गरेर बदर गरियो मलाई विश्वास छ अब त्यस्तो हुँदैन’ जोशीले भन्नुभयो  । राज्यशक्तिको दुरुपयोग गरिएको र हिजो प्रतिकुल अवस्था भएको र अब भने  कानुनी उपचारमा जाने नेता जोशीले बताउनुभयो । ‘कानुन पनि सधैं अन्धकार हुँदैन भनेर यसपाली जालझेल भयो भने कानुनी उपचार खोज्छु’ जोशीले भन्नुभयो । दलले जसको पनि भोट लिउँ भन्छ । साथै उहाँले जिल्लाभर कतै राम्रो सुविधा सम्पन्न स्वास्थ्यचौकी नहुँदा र जनताले दुःख पाएको देखेर चुनावमा होमिएको बताउनभयो । ‘दश करोडको अस्पताल बनाउन के ले रोक्यो जोशीले भन्नुभयो , उहाँहरुको क्षमता छैन अब मैले पुरा गर्छुु’ । आदिकवि भानुभक्त क्याम्पस बनाउन नेता रामचन्द्र पौडेलको एक पैसाको पनि योगदान छैन । २०४४ सालमा दुई वर्ष निशुल्क पढाएर सुरु गरेको र त्यहाँ तनहुँको विकास गर्छु भन्न नसुहाउने भनाई नेता जोशीको थियो ,
तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भयो तनहुँको राजनीतिक हैसियत कायम भई जनताले विकास तथा रोजगारी पाएको भए आफु राजनीतिमा सक्रिय नभई आराम लिने बताउनुभयो । कार्यक्रममा विपी विचार राष्ट्रिय समाज समाजका केन्द्रीय सदस्य सुुकुमलाल गुरुङले तनहुँको शैक्षिक, सडक, विद्युुत, अस्पताल तथा रोजगारी दिई विकासको जग बसाल्ने  नेता गोविन्दराज जोशी नै भएकोले उहाँ उम्मेदवार बन्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले आफ्नो सिद्धान्त विर्सिएर अन्यपार्टीको सिद्धान्त काँग्रेसले बोकेकोले काँग्रेस कमजोर भएको पण्डितको भनाई थियो ।
कार्यक्रम स्वस्तन्त्र अभियान्ता प्रेमबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता दीपकराज जोशी,  विपी विचार समाज तनहुँका उपसभापति क्याप्टेन रेशमबहादुर गुरुङ, स्वतन्त्र अभियान्ता चुनानारायण श्रेष्ठ, आरती थापा, सोलबहादुर चितौरे, सुनाराम गुरुङ, पञ्चबहादुर गुरुङ, कटक बहादुर थापा, कृष्णराज न्यौपाने, लिलचन्द्र पाण्डे लगायतले जोशीले गरेको कार्यको प्रचार गरी भोट माग्न गाउँ गाउँमा पुुग्न कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button