समाचार

उकालो लाग्दै कोरोना संक्रमण दर

तनहँुमा थप तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे शुक्लागण्डकी र भिमादमा एक÷एक जना संक्रमितको ज्यान गएको हो । म्याग्दे का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। त्यस्तै शुक्लागण्डकी गरपालिका वडा नं. ७ का ६८ वर्षिय पुरुषको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनलाई ज्वरो आएपछि अस्पताल लगिएको थियो । परिक्षणका क्रममा टाइफाइड देखिएको र पछि पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको श्रीवास्तवले बताए । त्यस्तै भिमाद ५ का ६६ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ । यो सँगै तनहँुमा संक्रमणका कारण ज्यान जानेको संख्या १८ पुगेको छ । त्यस्तै पछिल्लो ४८ घण्टामा तनहँुमा ३७ नयाँ सक्रमित थपिएका छन् । शनिबार मात्रै २४ नयाँ संक्रमित थपिएका हुन् ।

व्यास नगरपालिकामा ८ जना, भिमाद नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा ७ जना, शुक्लागण्डकी नगरपालिकामा १ जना रहेका छन् । व्यास १ की ४९, २१ वर्षीया महिला र २०, ५२ वर्षीय पुरुष, व्यास(२ की ६३ वर्षीया महिला, व्यास ४ का ३७ वर्षीय पुरुष, व्यास ८ का ६६ वर्षीय पुरुष र व्यास(९ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तै भिमाद ४ का १९ वर्षीय पुरुष, भिमाद ५ की २९ वर्षीया महिला, भिमाद ६ की ४९ वर्षीया महिला, भिमाद ७ की १९, ३५ वर्षीया महिला र ५१, ३८ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ । यस्तै घिरिङ(१ की २१, ६५ वर्षीया महिला, ७१, ३५, ५६ वर्षीय पुरुष र घिरिङ(३ का ४०,५६ वर्षीय पुरुषमा संक्रमण भएको निर्देशनालयले जनाएको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ४१ वर्षीया महिलामा समेत संक्रमण भएको छ ।त्यस्तै शुक्रबार मात्रै १३ नयाँ संक्रमित थपिएका थिए । व्यासमा १०, म्याग्देमा २, शुक्लागण्डकीमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Show More

Related Articles

Back to top button