समाचारAll

इनरह्लवील क्लवद्वारा दमौलीमा सञ्चालित शिविरबाट १६५ जना लाभान्वित

दमौली खबर संवाददाता

दमौली, माघ १४ ।

इनरह्लवील क्लव अफ दमौलीद्वारा दमौलीद्धारा शनिबार दमौलीमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । क्याम्पको उद्घाटन गण्डकी प्रदेश सभाको निवर्तमान सदस्य सरिता गुरुङले गर्नुभयो । उद्घाटन पश्चात गुरुङले स्वास्थ्य परीक्षण गर्दै महिलाहरुलाई केन्द्रित यस क्याम्पले थाइराइड र क्यान्सरजस्तो रोगहरूको समयमा नै पहिचान गरी उपचारमा लाग्न र त्यसप्रति सजग रहन महत्वपूर्ण रहेको बताउनुभयो । संघसंस्थाले यस्तो किसिमको सामाजिक कार्यक्रममा जोड दिनुपर्ने उनको भनाइ थियो । शिविरमा टेक्निकल सहयोग डा. उमेश श्रेष्ठ र डा.ईशा श्रेष्ठले गर्नु भएको थियो । डाक्टर श्रेष्ठ यसै क्षेत्रका स्थानीय भएको र स्थानीयवासीलाई सेवा गर्ने तीव्र इच्छा भएकाले यस क्लब मार्फत हेल्थ क्याम्प सञ्चालन गरेको क्लबकी अध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिनुभयो । क्याम्पको मुख्य उद्देश्य थाइराइडका बिरामीहरुको परीक्षण स्क्यानिङ र समस्या पहिचान गरी थप उपचारमा सहयोग गर्नु रहेको रेडियोलोजिस्ट डा. उमेश श्रेष्ठले बताउनुभयो । । कार्यक्रममा क्लबलाई अभिभावकीय भूमिका निर्वाह गर्ने ज्योति कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । शिविरबाट १६५ जना लाभान्वित भएका छन् । उक्त सङ्ख्या मध्ये ५० प्रतिशतमा सामान्य, ४० प्रतिशतमा सामान्य समस्या, ७ प्रतिशत फलो अप गर्नुपर्ने र ३ जनामा अप्रेसन गर्नु पर्ने समस्या देखिएको पाईएको क्लबकी पूर्व अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button