हेडलाईनसमाचारAll

आफ्नो उमेम्दवारी कांग्रेसलाई जीवन दिने यात्राको शुरुवात भएको नेपाली कांग्रेस पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भनाई

दमौली खबर संवाददाता
दमौली, मंसिर १२ गते । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ का स्वतन्त्र उम्मेदवार तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी कांग्रेसलाई जीवन दिने यात्राको शुरुवात भएको बताउनु भएको छ । आज सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले सो कुरा बताउनुभयो हो  । सिद्धान्त भन्दा सत्ताको लागि गठबन्धन गरिएको त्यसका विरुद्धमा उम्मेदवारी दिएको नेता जोशीले बताउनुभयो ।
आफ्नो सिद्धान्त भन्दा अर्को पार्टीमा भोट हाल्न बाध्य बनाउने यो पद्धति ठिक हैन भनेर उम्मेदवार बनेको जोशीले बताउनुभयो । सत्ताको लागि कांग्रेसले हाल पार्टी भित्र विना छलफल, विना निर्णय गठबन्धन गरेको जोशीको भनाई थियो । सत्ता र आफ्नो स्वार्थको लागि पार्टीको नीति र सिद्धान्तलाई छाडेर कांग्रेसले बाटो विराउने अवस्था आउन सक्ने भएकोले विपी विचार राष्ट्रिय समाज गठन गरेको नेता जोशीले बताउनुभयो ।  राजनीतिमा यात्रा अन्त्य नहुने कांग्रेसको सिद्धान्तलाई पूर्णतया पूर्नजीवित गराउनु  सक्रिय भईरहेको उहाँले बताउनुभयो । पार्टी भित्रको कठिन परिस्थितीमा पनि मलाई सहयोग गर्नुहुने मतदाताहरुको अभिमत पाएको र हतोत्साह र निराशा नहुन पनि उहाँले अनुरोध गर्नुभयो । आफूले लिएको बाटा ठिक भएको र उज्ज्वल भएको नेता जोशीले बताउनुभयो । यो बाटोले ठिक ठाउँमा पु¥याउँने उल्खेख गर्दै नेता जोशीले मैले । अभियानलाई साथ दिनेलाई धन्यवाद विभिन्न निकायका मतदान गर्ने, सहयोग गर्ने प्रति पनि आभार व्यक्त गर्नु भएको थियो । ‘सात हजार भोट दिए ति सबै सक्रिय कार्यकता नै हुन् उहाँहरु प्रति अभारी छु’ जोशीले भन्नुभयो ।
कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ र राष्ट्रकै लागि उहाँको पराजय नितान्त आवश्यकता भएको उहाँको भनाई थियो । ‘तनहुँ र देशको लागि  जे को लागि परिवर्तन आवश्यकता थियो उहाँको हात बाट नहुने हुँदा हार आवश्यक थियो’ नेता जोशीले भन्नुभयो । एमालेलाई पनि पौडेललाई जिताउनु पर्ने भएकोले सो अनुसारको अनुकुल भूमिका खेलेको जोशीले बताउनुभयो । सत्ता गठबन्धन र एमाले समेत गरेर ६ वटा गठबन्धन भएकाले आफूले हार्नु परेको जोशीले बताउनुभयो ।
Show More

Related Articles

Back to top button