हेडलाईन

आदि कवि भानुभक्त क्याम्पसको अध्यक्षमा सुनार

<span;>आदिकवि भानुभक्त क्याम्पसको शुक्रबार भएको निर्वाचनमा अध्यक्षमामा केशबहादुर सुनार विजयी हुनुभएको छ। सुनारले ६७७ मध्ये ३७३ मत ल्याएर विजयी हुनुभएको हो। भने उहाँका निकटतम प्रतिद्वन्दी कमलामोहन वाग्लेले २३३ मत ल्याउनुभएको थियो। भने अर्का उम्मेदवार चुडामाणी दाहालले ६० मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी खुल्ला सदस्यतर्फ सङ्गीत घिमिरे , विवेक भट्टराई, सोमराज सिग्देल, डाक्टर ईश्वर चन्द्र वाग्ले ,भरतप्रसाद पन्त ,सुनिल मिश्र, श्रीराम कार्की, निर्मल पण्डित, ईश्वरबहादुर बिष्ट ,भाग्यशाली ढुंगाना विजय हुनुभएको छ। महिला सदस्यतर्फ सिर्जना तिवारी, शोभा अधिकारी र बिना कैन विजय हुनुभएको छ । दलित सदस्यमा अर्जुन सुनार ,जग्गादाता तर्फ ठाकुर दरै, जनजातितर्फ क्याप्टेन सोमबहादुर थापा र चीजबहादुर दराई ,अभिभावकतर्फ कृष्ण रुचाल र रामराजा अधिकारी विजयी हुनुभएको छ। भने पुस्तकालय समिति संयोजकमा कुलबहादुर थापा र सदस्यहरूमा बुद्धिसागर साँखी, महेन्द्र गिरी ,अम्बिका अधिकारी चयन हुनुभएको छ। आन्तरिक लेखा परीक्षण संयोजकमा ऋषिराम ढुङ्गाना र सदस्यहरूमा प्रेमबहादुर राउत र सरु कुमाल चयन हुनुभएको छ।


Show More

Related Articles

Back to top button