हेडलाईनसमाचारAll

आदिकविको जन्मगाउँ चुँदीरम्घामा नगरपालिकाको बैठक

दमौली खबर संवाददाता
अमरराज नहर्की
तनहुँ, मंसिर १९ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घमा भानु नगर कार्यपालिकाको १०औं बैठक बसेको छ । भानुजन्मगाउँलाई साहित्यिक धाम बनाउने कार्यको प्रवर्द्धनका लागि भानु नगरपालिका–४ भानुभक्त जन्मस्थल विकास समितिको  कार्यालयमा बिहीबार कार्यपालिका बैठक बसेको हो ।
      त्यहाँका स्थानीय वासिन्दाको माग, चाहानाबारे जानकारी दिने त्यसको आधारमा विकासका पूर्वाधारहरु बनाउने र पर्यटन प्रवद्धनको लागि कार्यपालिकाको बैठक बसेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।  भानुको योगदानको महत्वलाई देश विदेशमा समेत प्रचार–प्रसार गर्न भन्दै नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले व्यक्तिगत खर्चमा भानुभक्तसँग सम्बन्धित पोशाक खरिद गरि पालिकाको औपचारिक कार्यक्रम र पालिकाको बैठकमा अनिवार्य लगाउनु पर्ने कार्यपालिकाको बैठकले पारित गरेको छ । भानुभक्तिय बिर्केटोपी, लगायतका पोशाक संगै भानुभक्तको तस्बिर अंकित लागो (व्याच) समेत कोटमा लगाउनु पर्ने बैठकले पारित गरेको नगर प्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।  भानुकै नामबाट नगरपालिकाको नामाकरण भएको  साहित्यिक धाम बनाउने लागि जग्गा अधिग्रहण कार्य अघि बढाइने नगर प्रमुख त्रिपाठी बताउनुहुन्छ ।
बैठकले नगरपालिकाको लेटर–हेडमा समेत आदिकवि भानुभक्त आचार्यको तस्बिर राख्ने निर्णय गरेको नगरपालिकाकी उप–प्रमुख उमा गोतामे जानकारी दिनुभयो । भानुभक्तको जन्मस्थल अझै पनि ओझेलमा परेकाले यसको के कसरी प्रवद्र्धधन गर्न सकिन्छ भन्ने विषयमा बैठकले छलफल गरिएको थियो । भानुको योगदानको प्रचार–प्रसार गरि सो क्षेत्रमा साहित्यिक पर्यटक भित्राएर स्थानीयको आय–आर्जनमा सबल बनाउने नगरपालिकाको लक्ष्य रहेको उप–प्रमुख गोतामे बताउनुहुन्छ ।
   बैठकले पुरानडिही अस्पताल र कालिमाटी नगर अस्पतालमा फागुन १ गतेबाट चौविसै घण्टा आकस्मिक सेवा शुरु गर्ने, दिर्घरोगी, क्यान्सर र डायलसिसका बिरामीलाई तत्काल ५ हजारका दरले मासिक उपचार खर्च उपलब्ध गराउन प्रकृया थाल्ने, नगर शिक्षा योजना पारित गरिनुका साथै चुँदी लगाएत ठूलाफाँटहरुमा जग्गा चक्लाबन्दिको काम थाल्ने लगायतका निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडा बताउनुहुन्छ ।
Show More

Related Articles

Back to top button