Allपत्रपत्रिकाबाटविचार

उज्ज्वलले उज्यालो दिन नसकेको समाज

दीपक  राज  जोशी 

आज  तिम्रो १३  औँ दिनको पुण्यतिथिमा  देश तिम्रो  जुठो बाट मुक्त भएको छ। तर झुटो बोलेर नागरिकलाई दुख दिने हरुबाट भने मुक्त भएको  छैन। हुन त सबै मृत्यु बरण गर्नेहरु समवेदनाकाे हकदार हुन्छ्न्। तर आफ्नो पार्टीका झिना मसिना कार्यकर्तालाई समबेदना दिने र श्रदान्जली सभा राख्नेहरुले तिम्रा लागि दुइ शब्द सम्म पनि खर्च गर्न सकेनन्। हुन त खर्च गरून् पनि कसरि ? कुरूप अनुहारले सत्यको वकालत गर्न त्यति सजिलो कहाँ हुन्छ र? 

तिमी अब केबल सम्झनामा मात्रै बाँकी भयौ।अब तिमी छैनौ भन्ने कुराले यति धेरै  पीडा दिइरहेको छ। तर भगवानको इच्छाकाे आगाडि हाम्रो के नै लाग्छ र? यो कली युग हो। यहाँ तिमी जस्ता राम्रा मान्छे धेरै समय सम्म बस्न सक्दैनन्। यो अस्थिर समाज तिम्रो व्यक्तित्व सुहाउँदो त थिएन,तर पनि यो समाज र राज्यलाई गति दिन तिम्रो आवश्यकता थियो। तिमी यो समाजका लागि बनेकै थिएनौ। किनकी यो समाज तिम्रो इमानदारीता मैत्री थिएन। भलै तिमीले भरमग्दुर प्रयास गर्यौ नागरिक, समाज र राज्यलाई सहि मार्ग तर्फ डोहोर्याउन।

अब जहाँ पनि  हुन्छौ,त्यहाँ तिमीलाई शान्ती मिल्नेछ। किनकी तिमीले तिम्रो तर्फबाट शतप्रतिशत दिँदा दिँदै पनि यो समाज र राष्ट्रको संरचनामा केहि बदलाव आएन। तिम्रो योजनामा साथ दिनेहरू कोही भएनन्। केवल सामाजिक सन्जाल मार्फत कुर्लिए र उचाले तिमीलाई,अनि पछारे भुइँमा नमज्जाले। किनकी यहाँ नफाट्नको लागि ब्राण्डको ट्याग भएकै जुत्ता लगाउनुपर्छ। चाहे त्यो बलियो होस् या कमशल। यहाँ उचाल्ने र पछार्नेको भिड छ भन्ने जान्दाजान्दै पनि तिमीले आफ्नो कर्तव्य निर्वाह गर्न कसुर बाँकी राखेनौ।त्यो नै ठुलो योगदान थियो। तिमी जहाँ पनि छौ बिचित्रको शान्ति महसुस गरिरहेको छौ होला।

तर पनि  अब तिमीसँग भौतिक भेटघाट हुँदैन भनेर स्वीकार्न गाह्रो भएको छ। मलाई त लाग्छ तिमी यो समाजमा भगवानको दुत बनेर आयौ।र थाेरै भए पनि सत्यकाे बाटो देखायौ। किनकी भगवानका दुतहरु धेरै दिनका लागि आउँदैनन्। यो समाजको परिक्षा लिनका निम्ति थोरै समयका लागि आउँछन्।अब यो समाजले तिमीबिनाकाे बाँकी यात्रा आफैँ तय गर्नु पर्छ। उज्वलले उज्वल बनाउन नसकेको समाजलाई तिमी भगवानको घरबाट हेरेर मुस्कुराउँदै छौ होला।

तिम्रो लागि गोहीकाे आँशु चुहाउँदै श्रदान्जली लेख्नेहरुलाई के थाहा उज्वलले उनिहरु कै शान्ती र संवृद्धिकाे लागि यो संसारमा अाएका थिए भनेर। म अरूले जस्तो तिम्रो आत्माले शान्ति पाओस्  र  वैकुण्ठ बास होस् पनि भन्दिनँ।   तिमी त बैकुण्ठबाट कलियुगको  समाजका निम्ति केही गर्न सकिन्छ कि भनेर आएका थियौ। र यहाँबाट तिमीलाई दुख, थकाइ, धोका मात्रै मिल्यो।र अन्त्यमा आफ्नै घर फर्कन बाध्य बनायो। तिमी यो अशान्त समाजको अस्थिर व्यवस्थासँग लड्दा लड्दै थकित थियौ। जे  होस् तिमी फर्कँदा फर्कँदै नेपालीको मनमुटुमा कैद भएर फर्कियौ।

तिम्रा लागि  लड्नेहरुका लागि यो  जीवन एउटा कठीन यात्रा बनेको छ। तिमी विना हामीले शून्यलाई अँगाल्नु  पर्नेछ। र लतार्नु पर्नेछ जिन्दगी यहि अस्थिर व्यवस्थाको शिकार भएर।। तिम्रो सम्झना हाम्रो प्रत्येक श्वास सँगै हुनेछ। किनकी फोक्सोमा अक्सिजन पुर्याउन नपाएर तिमी सँगै थुप्रै नेपालीले दम तोडेका छन्।ति सम्पुर्णका आफन्तका आत्मामा पनि तिमी सदैब बसिरहने छौ।आज देशले सम्पुर्ण नेपाली जनताको नेता गुमाएको छ।इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएर गयौ।

कि पदमा टाँसिएर बस्नु हुँदैन भनेर तिमीले  सिकाएको पाठ एक दिन यहाँका मनुवाहरुले बुझ्नेछन् र आत्मसात गर्नेछन्। हुन त तिमीलाई लाग्ला तिमीले यो समाजमा धेरै गर्न बाँकी  छ र त्यसको लागि  फेरि  आउँछु  भनेर। तर पनि तिम्रो लागि आराम गर्ने समय हो यो। अहिले आराम गर। जुन दिन हाम्रो समाजका नागरिक  बिबेकशील हुन्छन् र  यो समाज  तिम्रो उपस्थितिको लायक हुन्छ, तब मात्र आउँनु तिमी।

कुनै बेला मतपत्रमा तिम्रो नाम नदेख्ने र देख्न नचाहने हरुले तिम्रो अनुपस्थितमा धेरै लेखे।सायद उनीहरु जान्दछन् कि  तिमी भएको ठाँउमा समाजिक सञ्जाल छैन भनेर। हुन त सामाजिक सन्जाल मार्फत कुर्लिनेहरु तिम्रा समर्थक थिए भन्ने हो भने तिमी हिजो जहाँ थियौ त्यहाँ हुँदैन थियौ र पनि तिमिले छाडेर गएपछि त झन् समाजिक सञ्जालमा तिम्रा प्रतिको हार्दिक श्रद्धाञ्जलीको वर्षात् नै छ। झन् ति पोष्टहरुमा आएका  लाइक , कमेण्ट र शेयर त गनि सक्नु नै छैन।  तिम्रो श्रद्धाञ्जलीका लागि समाजिक सञ्जालमा गन्ती गर्न नै  नसकिने लाइक , कमेण्ट  र शेयरकाे सट्टा भोट  दिएको भए आज सायद देश काे हालत अलि फरक हुन्थ्यो कि? यसले प्रष्ट हुन्छ कि यहाँ केबल गोहीकाे आँशु चुहाउने मात्र छन् र उनिहरु सामजिक संजाल मा होइन सामजिक  जन्जालमा मस्त छन।

समाज आज लाइक र डिस्लाइककाे भिडन्तमा छ। एक अर्काको केएर होइन शेयरमा मस्त छ।  कमेण्टको नाममा एकले अर्काको आलोचना गर्दैमा ब्यस्त छन्। आलोचना पनि किन नगरुन्? तिमीले छोडेको सामाजमा सबै सँग  फुर्सद जो छ,स्मार्ट फोन जो छ ,फोरजी नेटवर्कजो  छ। तर दुर्भाग्य  औषधि  भने छैन । जसका लागि तिमी सदैब लड्यौ।

तिमीले नेपाल हाम्रो घर हो डेरा होइन भन्थ्यौ। तर तिमी हामीलाई डेरा मा नै छोडेर आफ्नो घर ( बैकुण्ठ) गयौ। हामी डेरा मा नै छौँ र रहने छौँ ।सायद हामी घरमा बस्ने हैसिएत भएका नेपाली नै थिएनौँ होला।

 तिमी नेता थियौ कि थिएनौ।त्यो  त मलाइ थाहा भएन। तर तिमी एउटा असल र जिम्मेवार नागरिक  भने अवस्य थियौ। तिमी केबल समाजको विकृति ,विसङ्गति लागि सफा गर्ने एउटा असल नागरिक थियौ। तिमी जस्ता धेरै युबाहरु यो देश सहि दिशा तिर लम्किनुपर्छ  भन्ने चाहना राख्छन् ।तर आबाज उठाउन सक्दैनन्। किनकी उनिहरुलाई सुन्ने कोही छैनन्।उज्वल तिनै आबाज विहिन हरूको आबाज थियौ तिमी,तर दुर्भाग्य आवाज  उठाउँदा उठाउँदै थकित भएर बिदा भयौ। सकारात्मक र मजबुत समाज निर्माणका लागि असल नेता मात्रै होइन असल नागिरककाे पनि आबस्यकता हुन्छ। जब नागरिक असल हुन्छन्, सचेत हुन्छ्न् तिनै मध्येबाट असल नेता निस्कन्छन् ।

  शान्तिसँग  बाँच्न नपाउनेहरुले  भन्ने एउटा मात्र कुरा  छ त्यो हो आत्माले शान्ति पाओस्।  तिनको श्रद्धाञ्जली बिनै पनि तिम्रो आत्माले शान्ति पाइसकेको छ भन्ने कुरा मा म विश्वस्त छु। किनकी यो बिरामी समाजसँगको दुरीले तिमीलाई शान्ति मात्रै होइन बिचित्रको शान्ति दिएको हुनुपर्छ।तर पनि दुख लाग्छ कि  तिम्रो विदाई सुखद हुनु पर्थ्यो,तर दुखद भयो भनेर। यो समाज बिरामी छ। त्यसैले यो  बिरामी समाजले तिमीलाइ बिरामी नै बनाएर बिदाई गर्यो।

यो १३ दिनमा तिम्रो यति  धरै बढाई चढाई गरियो कि म अचम्म भएँ। धेरै लेख पढ्ने अवसर पाएँ । एउटा कुरा प्रष्ट  के भयो भने तिमी यस्तो थियौ उस्तो थियौ भन्नेहरु तिमीले बनाएको पार्टीका नभएर अन्य पार्टीका झोले  थिए। दुख लाग्दो कुरा,फेरि एकपटक तिम्रो नाममा राजनीति गरे। जिउदो  हुँदा देखाएको  बाटो नहिड्ने ,  श्रद्धा र सम्मान  नदिने  तर   मरेपछि चाँहि श्रद्धाञ्जलीको ओइरो  लगाउने  संस्कारबाट  ग्रस्त छ हाम्रो  समाज  भन्ने कुराको झल्को राम्रो सँग देखियो पो पटक। 

रवीन्द्र मिश्रसँग मिलेर  उज्यालो दिन नसकेको समाजलाई तिमी बिनाको मिलनले एक अर्कालाई मिलाएर सद्भाव बढाउला त उज्ज्वल?  रञ्जुले  समाजलाई रुञ्जन गर्न सक्लिन्,  अजिताले  जित्ने  सामर्थ्य राख्लिन्?निर्देशले सहि निर्देशन दिन सक्लान् कि नसक्लान्? त्यो हेर्न बाँकि नै छ। उज्ज्वलले उज्यालो दिन नसकेको समाजले के बिना उज्ज्वल नै पनि उज्यालो पछ्याउला त?

यहाँ त केबल अशान्ति छ, र अशान्ति नै रहने छ तर एक दिन  बिवेक हराएका नागरिकको बिबेक फिर्ता आउनेछ  र तिमि जस्ता  थुप्रै   बिवेकशील नागरिकको सपना  साकार हुनेछ,  भन्ने  आशा  राख्दै  तिम्रो आत्माले शान्ति महसुस गरिरहेको छ भन्नेमा विश्वास गर्दै,शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु!

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button