Allफिचरभानुमनोरन्जन

राम्रा गन्तव्य : मिर्लुङकोट र थानीमाई

राम्रा गन्तव्य : मिर्लुङकोट र थानीमाई

के.बी. मसाल

नेपालमा अहिले हरेक स्थान पर्यटनको लागि गन्तब्य भएका छन । धेरै नेपालीहरु मा पनि घुमफिर गर्ने संस्कारको पनि विकास भएको छ । ग्रामणि भेगमा विदेशी पर्यटकभन्दा अहिले आन्तरिक पर्यटकहरु भ्रमणमा जाने क्रम बढदो छ । यसरी हुने ग्रामीण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन जैविक विविधताको समेत अध्ययन गराएको छ । SAM_9879यो बाहेक भ्रमणबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन भ्रमण एवं अनुसन्धान हुने गरेको छ । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ ।

नेपालको मध्य भागमा पर्ने प्रदेश नम्वर ४ को मस्र्याङदी उपत्यका प्रकृतिले अनुपम उपहार दिएको छ । मस्र्याङदी उपत्यकाको तनहुँमा ऐतिहासिक कोट, धार्मीक स्थल र ग्रामीण जनजीवनको बारेमा अध्ययन गर्न सकिने पर्यटनको लागि धेरै गन्तब्य छन । मिर्लुङकोट क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो । तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट आजभोली पर्यटनको लागि गन्तब्य वन्न थालेको छ । समुद्रिक सतहबाट १६५४ मिटर उचाईमा रहेको मिर्लुङकोटबाट तनहुँको बिभिन्न स्थान तरेली परेका डाडाकाडा र गाउँहरु लमजुङ, गोरखा, मनाङ, एवं कास्की जिल्लाका बिभिन्न सुन्दर प्राकृतिक भू बनोट र हिमाल देख्न सकिन्छ । तनहुँको डुम्रे बजारबाट भन्सार, सेपावगैचा, चन्द्रवती हुदै मिर्लुङ जान सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर पर्दछ ।Tanahu-Mirlung

प्राकृतिक सुन्दर भित्र सजिएको छ मिर्लुङकोट । मिर्लुङको उत्तरी भेग राइपाली भञ्ज्याङ, चोकडाँडा, चिहानडाँडा, बयापानी भञ्याङ, पोखरीछाप पर्यटनका लागि गन्तब्य बन्दै गएका छन । डाडाकाडामा हिउदको समयमा लालीगुराँस छपक्कै फूल्ने गर्दछ । बनमा कापलको बोट, चाप, धयरा, ऐसेलु, सतिसाल, सल्ला, चुत्रो, कटुस जस्ता वोटविरुवा र पाँच औले, कुरीलो जस्ता जडिवुटिहरु समेत जंगलमा पाइन्छ । मिर्लुङबाट धौलागिरी हिमाल, गणेश हिमाल र तिब्बत र मनाङ वीचको वोर्डर हिमाल जसलाई ग्रेड हिमाल भनिन्छ त्यो पनि देख्न सकिन्छ । मिर्लुङकोटवाट देखिने लमजुङका सुन्दर बजार, भोटेओढार, बाहुन डाडा नाउदी र पाउदी खोला किनारका समथर फाट पनि देख्न सकिन्छ । ऐतिहासीक स्थल सप्तधारा, पञ्चमन्दिर, छानापाखा, इजार गाउ, जिताकोट, भयरथान, तान्द्राग टक्सारमा रहेको जल्पादेवि मन्दिर,तामाखानी गाउ, तान्द्रागकोट नागभैरव मन्दिर,समेत मिर्लुङको डाडाबाट देखिन्छ ।

मिर्लुङमा बिभिन्न जातजातिहरु गुरुङ, मगर, बाहुन क्षेत्रि, दमाई, कामी, सार्की, मुसलमान, नेवारहरु वसोबास गर्दछन् ।29258493_1707682549277255_3478170171425285291_n बिभिन्न जात जाति, धर्म समुदाय र सम्प्रदायको भेषभूषा, रहन सहन, चाल चलन, धर्म र सस्कृतिको पर्यटकहरुलाई अध्ययनको विषय बन्दछ । जातिय भेषभुषा, चाडपर्व, रितिरिवाज, जस्ता साँस्कृतिक पक्ष र लोक नाच, सोरठी, घाँटु, कौरा, दोहोरी, वालुन, चुडका, भजन, लाखे, ठाडोभाका जस्ता गीत पनि गाउँमा सुन्न पाइन्छ । गुरुङ र मगर बस्ती बाक्लो रहेका कारणले रोदी वस्ने चलन यदाकदा पाइन्छ । बिषेश गरि मिर्लुङमा जाने पर्यटकहरु गुरुङ समुदायको सोरठी र घाटु नृत्य देख्न पाउदा रमाइलो मान्दछन ।

मिर्लुङकोट सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको छ । मिर्लुङको उत्तरी भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ । मिर्लुङमा पर्यटन विकास समितिले ग्रामीण पर्यटकहरुलाई सजिलोको लागि सूचना केन्द्र स्थापना गरेको छ । मिर्लुङकोटबाट तनहुँ–लमजुङ–कास्की पर्यटन रुट कायम गरिएको छ । तनहुँ जिल्लाको भानुको जन्मस्थल भानु, बरभञ्ज्याङ, तनहुँसुर, बसन्तपुर, पुकोर्ट, चोकचिसापानी, मिर्लुङ, रुपाकोट, रिस्ती, सतिस्वारा र क्यामिन, लमजुङ जिल्लाका जिता, तान्द्राङ, टक्सार, सूर्यपाल, रम्घा, समीभञ्ज्याङ, भोर्लेटार, र इशानेश्वर हुदै कास्कीको हंसपुर, रुपाकोट, देउराली, सिद्धे, माझठाना पोखरा महानगरपालिका क्षेत्रलाई मिर्लुङकोट पर्यटन विकासले पदमार्गले जोडेको छ ।20161216_104909

मिर्लुङकोटमा अवस्थित राजा धर्मादत्त सेनको दरबार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशबाट परेको पानीबाट बनेको यो पोखरीमा पानी कहिल्यै पनि सुक्दैन । मिर्लुङको ठूलढुंगामा ऐतिहासिक सिद्ध गुफा रहेको छ । मिर्लुङकोटको चुचुरोमा राजा धर्मादत्त सेनले शासन गरेको दरवारको भग्नाबशेष देख्न पाइन्छ । यो पोखरी समुद्रिक सतहवाट १५३९ मिटर अग्लो स्थानमा रहेको छ । मिर्लुङको ठुलढुङगामा ऐतिहासीक सिद्ध गुफा रहेको छ । मिर्लुङकोट नजिक नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद पार्क रहेको छ । सतिश्वारामा पर्ने ऐतिहासीक दर्गा जामे मस्जिद पनि देख्न सकिनछ । यो मस्जिद बिक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन् । यी सम्पदा पनि मिर्लुङकोट पुग्ने पर्यटकहरको लागि आर्कषणको केन्द्र बन्दछन ।

मिर्लुङकोट जाने पर्यटकहरुलाई खाना बसनको लागि कुनै असुबिधा छैन । मिर्लुङकोट नजिकै भानु नगरपालिका १३ को टुटेपानीमा होमस्टे सन्चालनमा छ । टुटेपानीको गाउँका ३० घर मध्ये १४ वटा घरमा होमस्टेले पर्यटकहरुलाई सेबा दिएका छन । गुरुङ समुदायले सन्चालन गरेको होमस्टेमा पर्यटकहरुलाई साँझको खाजा, खाना, रातीको बास तथा बिहानाको नास्ता, खानाका र साँस्कृतिक कार्यक्रम सहित प्याकेजमा एक जनाको एक हजार रुपयाँ तिर्नु पर्दछ । 20161216_105336बुद्ध शान्ति पदमार्ग, मिर्लुङकोट पदमार्ग र क्यासमिरी साँस्कृतिक पदमार्गसंगै जोडिएको टुटेपानी होमस्टेमा आजभोली ग्रामीण पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । टुटेपानी गाउँमा सन्चालनमा आएको होमस्टेमा गाउँमै पाइने लोकल चामलको भात, ढिँडो, निउरो, सिस्नो, साग र रोटी जस्ता परिकार बनाएर पर्यटकलाई खुवाउने गरिन्छ ।

मिर्लुङकोट मात्र होइन् मिर्लुङको यात्रा सके पछि तनहुँको भानु नगरपालिका–७ मा पर्ने वसन्तपुरको चर्चित थानीमाई मन्दिर समेत पर्यटकहरु पुग्न सक्दछन । थानीमाई मन्दिर तीर्थाटन पर्यटकहरुको लागि पुग्नै पर्ने स्थान हो । वसन्तपुर थानीकोटमा रहेको थानीमाई मन्दिरमा आफ्नो मनोकांक्षा पुराहोस भनि फूलको डोली लिएर जाने तीर्थाटनका पर्यटक धेरै हुन्छन । श्रावण महिना र एकादशी र औंसीको दिन बाहेक प्रत्येक महिनाको मंगलबारका दिन थानीमाई मन्दिरमा फूलको डोली लिएर दर्शनको लागि तीर्थाटनका ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन ।

पहिलो पटक थानीमाई मन्दिरमा पुग्ने पर्यटक सुरुमा त दङग पर्दछ । तपाईंले एकैपटकमा कतिवटा समूहले पञ्चैबाजा बजाएको देख्नु भएको वा सुन्नु भएको छ ? पक्कै पनि एउटा अथवा दुईवटा होला ! कसैको विवाह, व्रतवन्ध वा अन्य कुनै कार्यक्रमहरुमा जाँदा पक्कै पनि १–२ वटा समूहले एकैपटक एकै ठाँउमा पञ्चैबाजा बजाएको देख्नु भएको होला ! तर थानीमाई मन्दिरमा फूलको डोली लैजाने समयका तपाईले छानी–छानी पञ्चैबाजा बजाएर फरक–फरक ढंग र प्रकृतिबाट नाँचेको देख्न पाउनुहुन्छ ।mirlung-ga-bi-sa- सयौँ तीथाटनमा पुगेका पर्यटकहरुले रमाइलो गर्दै बाजाको तालमा नाँचेको नाँचले मन्दिर क्षेत्रको वातावरणनै रमाइलो हुन्छ । थानीमाई मन्दिरमा पुग्ने पर्यटकहरु पञ्चैबाजाको ध्वनीले कतिपयलाई उठेर नाच्न मन लाग्छ । नाँच्ने आँटै आएन भने पनि खुट्टाहरु यताउता चलाउन खोज्दछन । भने कतिपय पर्यटकहरु निकै उत्साहित भएर रमाइलो मान्दै पञ्चैबाजा बजाएको र नाँचेको हेर्ने गर्दछन । थानीमाईको मन्दिरमा दजनौँ पञ्चैबाजा एकैपटक बजाउँदै, सयौँमानिसहरु नाँचेको देख्न पाइन्छ ।

थानीमाई मन्दिरलाई फूलको डोली चढाउन विभिन्न क्षेत्रबाट तीर्थाटनका ग्रामीण पर्यटकहरु पञ्चैबाजा बजाउँदै नाँचगान गर्दै दर्शनका लागि पुग्ने गर्दछन । आफूले गरेको भाकल थानीमाईले पूरा गरेपछि सोमबार रातभरि सत्यनारायणको पूजा गरी मंगलबार बिहान फूलको डोली र प्रसादसहित पञ्चैबाजा बजाउँदै तीर्थाटनका पर्यटकहरु थानीमाई मन्दिर जाने गर्दछन् । सोमवार राति पनि पञ्चैबाजा बजाएर नाँचगान गर्दै सत्यनारायणको पूजा लगाउने गरिन्छ । आफुले गरेका भाकलहरु पूरा भएपछि मात्र फूलको डोली लैजाने गरिन्छ । थानीमाईसँग दुःखकष्टबाट मुक्ति पाउन र मनको इच्छा पूरा गर्नको लागि फूलको डोली लिएर दर्शन गर्न जाने प्रचलन छ ।20161216_104707

थानीमाई मन्दिरमा साउन महिनाबाहेक हरेक महिनाको सोमबार पूजा गरिन्छ । सोमबार र मंगलबार औंशी अथवा एकादशीमा भने पूजा गरिँदैन । थानीमाई मन्दिरमा फूलको डोली लैजानेक्रम कार्तिक महिनादेखि सुरु हुन्छ । कार्तिक महिनाको पहिलो, दोस्रो तेस्रो हप्ता धेरै भीड हुने गर्दछ । थानीमाईको मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन,कास्की लगायतका आजभोली धेरै जिल्लाबाट तीर्थाटनका पर्यटक पुग्ने गर्दछन । यसरी पुग्ने पर्यटकहरुले थानीमाईको मन्दिर परिसरलाई ३ पटकसम्म बाजागाजासहित नाँचगान गर्दै परिक्रमा गर्ने गर्दछन् । परिक्रमापछि थुम्कामा रहेको थानीमाईको मन्दिर परिसरमा रहेका देवलहरुमा फूलको डोलीसँगै लगिएको तोरणलाई ३ फन्का घुमाएर बाँध्ने गर्दछन । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना पूरा भएको भन्दै पूजाअर्चना गर्दछन ।

थानीमाई मन्दिरमा ३ जना मगर जातिका पूजारी छन् । मन्दिर प्रवेशमा कुनै पनि जातजाति भएकै कारण रोक लगाइँदैन । दलित जातिलाई समेत मन्दिर प्रवेश गर्न दिइन्छ । सबै जातजाति र समुदायका मानिसहरु मन्दिरभित्र नै प्रवेश गरी पूजापाठ गरेर आफ्नो मनोकामना पूरा भएको भन्दै थानीमाईसँग आर्शीवाद लिन सक्छन् । थानीमाईको मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिककोट तथा मनै लोभ्याउने अन्नपूर्ण हिमश्रृखला को दृश्यहरु देख्न सकिन्छ । नागबेली खोलानालाहरु फाउदी खोला, भानुभक्तको जन्म स्थानमा रहेको चुदी खोला, गोरखाको सिमानामा पर्ने चेपे नदी र मस्र्याङदी नदी, रम्घा फाँट खातीथोकको डाँडो साथै मिर्लुङको डाँडो तनहुँसुर दरबार र लमजुङको राइनसकोट वरपरका गगनचुम्बी पहाड गाउँ र बस्तहिरु देख्न सकिन्छ ।20161216_104926

थानीमाई मन्दिरको ऐतिहासिक किम्वदन्ती छ । करिव ४ सय वर्षअघि लेकबाट भोटे मुलकी आमा र छोरी जडिबुटी बेच्दै वसन्तपुर गाउँमा साँझपख बास माग्दै आएका थिए । साँझमा बास मग्दा ती आमा छोरीलाई कुनै पनि गाँउलेहरुले बास बस्न दिएनन् । कारण थियो केही तन्तर–मन्तर लागाउन सक्छे भन्ने डरले ! गाउँलेले कहीँ पनि बास नदिएपछि डाँडोमा रहेको एउटा कटुसको बोट मुनी ती आमा छोरी आश्रय लिन पुगे । राति असिना पानीसहित ठूलो हावाहुरी आयो । असिना र हावाहुरीको कारणले आमा छोरीको कटुसको फेदमा मृत्यु भयो । त्यस दिनदेखि गाउँमा तर्साउने, विभिन्न दैविप्रकोपले सताउने, रातभरि बाघले सुत्न नदिने अवस्था आयो । गाउँलेहरुले के भयो कसरी यसो हुन गयो भनेर खोजीनीति गर्दा तिनै आमा छोरी थानीमाईको रुप लिएर विस्वास गरी पूजाआजा गर्न थाले ।

कतिपय शहरी क्षेत्रबाट मिर्लुङ र थानीमाई पुग्ने पर्यटकहरु पैदल भ्रमण गर्न पनि रुचाउछन । पैदल यात्रालाई आजभोली शहर बजारमा बस्ने युवा पुस्ताहरुले हाइकिङ पनि भन्ने गर्दछन । शहर बजारमा बस्ने युवापुस्ताहरुले आजभोली बोलिचालीमा एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । 20161216_105324शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । हाईकिङ शब्द पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । तनहु जिल्लाको यो क्षेत्रमा हाइकिङ गर्ने गाउँ ठाउ र प्राकृतिक सम्पदाहरु धेरै छन ।
ग्रामीण पर्यटकहरुको आगमन गराउन हरेक गाउँ र बस्तीमा होमस्टे सन्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई निर्माण भएका सडकको मर्मत संभार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय तहहरुले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र ग्रामीण पर्यटनको विकास हुन सक्दछ । ग्रामीण क्षेत्रका पर्यटनस्थलमा पुगेपछि त्यहा पुग्ने मानिसहरुले केहि न केहि त्यस क्षेत्रको चिनो स्वरुप बस्तुहरु ल्याउन चाहन्छन । ग्रामीण पर्यटनको बिकास गर्नको लागी स्थानिय बासिन्दाहरुमा कला र शिपको बिकास हुन जरुरी छ । जुन सिपले आय आर्जन गर्न सकोस, अर्थात उनिहरुले उत्पादन गरेका बस्तुहरु गाउँमा पुग्ने ग्रामीण पर्यटकहरुले किन्न सकुन ।

थानीमाई मन्दिर पुग्न पृथ्वी राजमार्गको डुम्रे बजारबाट बिभिन्न सडक प्रयोग गर्न सकिन्छ । तनहुँको डुम्रे बजारबाट लमजुङको बेसिशहर मार्गको बाइसजाँघारबाट ८ किलोमिटर मोटरको यात्राबाट थानीमाई पुग्न सकिन्छ । यो बाहेक डुम्रे–भन्सार, टुहुरे पसल वा चन्द्रवाती हुँदै पनि थानीमाई मन्दिर पुग्न सकिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button