जीवनशैलीविचार

गोविन्दराज जोशीलाई बिर्सन सकिन्न

नारायण कैलास सिग्देल
लेखक/उपन्याकार
नारायण कैलास सिग्देल
लेखक/उपन्याकार

संसारमा थुप्रै मानिसहरु छन् । सबैका आ–आफ्ना विशेषता हुन्छन् । कोही मानिससँग कसैको थोर बहुत चरित्र वा आनीबानी मिल्न सक्छ तथापि हुबहु मिलेको भने पटक्कै पाईदैन । कुनै मानिस हठी, जोशीलो र आँटिलो हुन्छन् । कोही लुते, काँतर र कसैको ख्याल नगर्ने खालका हुन्छन् । कसैले कसैको विश्वास गर्छन् भने कसैले गर्दैैनन् । यसरी नै चलिरहेको छ यो संसार । यसैमा हाम्रो निरन्तर जीवन धार चलिरहेको छ । वितिरहेको छ हामी सबैको पल ।

राजनीति गर्ने केही मानिहरू अलि बढी सहासिला र जोसिला हुन्छन् । उनीहरू पदमा पुगेपछि अर्काको दुःख सुखको ख्याल राख्ने खाले हुन्छन् । तिनीहरू कसैको काम नियमले मिल्छ र गर्न हुन्छ भने सजिलैसँग गर्दिन्छन् पनि । आफ्नो हातमा शक्ति र गर्न सकिने काम हुँदा हुँदै पनि काम नगर्ने मानिस वा कर्मचारी वा नेताहरू थुप्रै छन् । उनीहरूले के कारणले गर्न हुने र नियमले दिएको काम पनि गर्दैनन् त्यसभित्र अवश्य पनि केही न केही रहश्य लुकेको हुनसक्छ । तर म त्यस्ता मानिस वा कर्मचारी वा नेताहरूलाई लुते, काँतर र भ्रष्टचारी भन्न रुचाउँछु । मेरो अर्थमा आफूले गर्न मिल्छ, गर्न हुने काम पनि छ । त्यो कामले अरु कसैलाई नोक्सान वा हानी पु¥याउँदैन । अर्काे अर्थमा त्यो काम गरे बापत व्यक्ति वा संस्था वा समूदायलाई ठूलो फाइदा पुग्छ भने केही रिस्क उठाउन सक्नु पनि पर्छ । तर कतिपय अवस्थामा गर्न मिल्ने उपयुक्त र कसैलाई बेफाइदा नहुने काममा पनि कर्मचारी वा नेताहरू पञ्छन खोज्दछन् । त्यो उनको असामाजिक व्यवहार हो । सेवाग्राहीहरूको भूगोल र उनीहरूको आवश्यकताको पहिचन गर्न नसक्नु हो । आफ्नो धरातलीय स्वरुपलाई कुल्चनु हो । एउटा सेवादायकले आफ्नो कर्तव्य भुल्नु हो । अनि भोलिको परिणामलाई नजरअन्दाज गर्नु हो । अनि थुप्रै मानिसहरूका भविष्यका सुनौला सपनाहरूको अपेक्षा भत्काइदिनु हो । बाइबल भन्छ ( जब जसले जनताको काम गर्दैन भने उसलाई खान पनि पर्दैन । यो कुरा सत्य हो कि जोशी महोदयले आफ्नो कर्तव्यको दौरानमा आगो र पानी दुबैसँग खेल्ने गर्थे । भारतका महान उपन्यासकार प्रेमचन्दका अनुसार ‘आफ्नो कर्तव्यले आगो र पानीको कुनै परवाह गर्दैन ।’ वास्तवमा आगो र पानीका खेलाढी नै हुन् उनी ।

जनताबाट पर नरहने, कुरा सुन्ने र उनीहरूको अपेक्षानुसार काम गर्ने केही नेताहरूमध्येका हुन् तनहुँले गोविन्दराज जोशी । ठूलो शरीर, फराकिलो छाती, सुदुर मन भएका तनहुँका एक नम्बरमा पर्ने नेता जोशी नेपाली कांङ्ग्रेसका खम्बा हुन् । तनहुँको छातीमा अरु नेताहरूको पनि नाम आउँछ तथापि गोविन्दराज जोशीको छुट्टै पहिचान, शान र व्यक्तित्व हुनुमा जनताप्रति उनको सकारात्मक हेराइ, सोचाइ र गराइले गर्दा नै हो । नेहरुले भनेका थिए ( मान्छेको व्यक्तित्व उसको आफ्नो कमाइ हो । जोशीको कमाइ भनेको शिक्षा क्षेत्र लगायत अन्य ठाउँहरूमा यहाँका जनताले पाएका विविध अविश्मरणीय र चिरस्थायी कार्यहरू हुन् जो यहाँहरू समक्ष छर्लङ्ग छ । यसैमा उनको व्यक्तित्व घुलिएको छ ।

भविष्यका द्रष्टा हुन् गोविन्दराज जोशी । उनले आफू पदमा आसिन हुँदा नेपाल र नेपालमा बसोबास गर्ने बाबु नानीको भविष्य नहेरेको भए नेपालका हजारौं माध्यमिक विद्यालयहरूको हालत आजसम्म पनि प्रस्तावित माविको रुपमा नै रहने थियो । त्यसभन्दा पहिला प्रस्तावित विद्यालयलाई स्थायी विद्यालयमा परिवर्तन गर्नको लागि कडा प्रावधान थियो । ती गाउँ, दुर दराजका विद्यार्थीलाई शिक्षाको ज्योतिबाट बञ्चि नगर्नाका निम्ति खोलिएको विद्यालयहरूको स्वीकृती कहिल्यै पनि सरकारले तोकेको मापदण्ड अनुसार पुग्दै पुग्दैनथे । तत्कालिन समयमा सहरीयाहरूले विद्यालय खोलेको केही वर्षमै स्थायी स्वीकृती पाउन सक्थे । तर दुर दराजमा बस्ने अभिभावकहरूले १५,२० वर्षसम्म पनि प्रस्तावितकै रुपमा विद्यालयहरू स्वीकार गरिरहनु पर्ने बाध्यता थियो । दूर दराजमा बस्ने अभिवावकहरूको खासै आर्थिक श्रोत के नै पो हुन्छ र ? न हातमा सीप, न कुनै व्यापार, नकुनै स्थायी आम्दानी । थुप्रै हण्डर र आवश्यकताले पिडित अभिभावकहरूले आफ्नो छाक कटाएर साँचेकोे मकै, धान, गहुँ, कोदो चन्दाको रुपमा प्रदान गरेर विद्यालयहरू धानिरहेका हुन्थे । अभिभावक र विद्यालय दुबैको अवस्था सधैँ काकाकुलको उपमामा रहेको थियो । अभिभावक र विद्यालयको यस्तो हृदयविदारक अवस्थाको शुक्ष्म मुल्याङकन र विश्लेषण गरी जोशीले आफ्नो शिक्षा मत्रीत्व कालमा करिब एक हजार प्रस्तावित माध्यामिक विद्यालयहरूलाई निःशर्त स्थायी गरिदिए । यो घोषणा एक अद्भुत, घोषणा मात्रै होइन कि यति ठूलो साहसिक कार्यको पर्दापण भएको नेपालको यो सम्भवतः पहिलो घटना हुनसक्छ । तन्कालिन समयमा यो घटनाले विश्वको आँखा ठूला बनाएको थियो ।

तनहुँ जिल्लाको सिलसिलामा गोविन्दराज जोशीको योगदानको सहि मुल्याङकन गर्ने हो भने उनी सर्वाधिका काम गर्ने नेताको रुपमा चिनिन्छन् । जोशीले आफ्नो मन्त्रीत्वको कार्यकालमा कसैसँग झुकेर वा कसैसँग खुसामद गरेर कार्य गरेनन् । उनको स्पष्ट अडान, सही विश्लेषण, प्रगतिशील र सकारात्मक सोचाको कारण नेपालको शिक्षा क्षेत्र ह्वात्तै अगाडि आयो । त्यसमा पनि विद्यालय संख्या, शिक्षक दरबन्दी, र शैक्षिक गुणस्तरको प्रतिशतमा पनि तनहुँ अन्य राम्रा भनिएका जिल्लाहसँग प्रतिस्पर्धामा उत्रन सफल भयो । अझ गौरवको कुरा के छ भने उनले तनहुँलाई शिक्षाको केन्द्र बनाउनको निम्ती अन्य सुसम्पन्न शहरमा स्थापना हुने शैक्षिक तालिम केन्द्र जस्तो सर्वाधिक महत्वको केन्द्र तनहुँको सदर मुकाम दमौली नजिकै स्थापना गर्ने सुअवसर जुटाइदिए । त्यसरी नै भिमादमा ग्रामिण तालिम केन्द्रको स्थापना गरे । यो ग्रामिण तालिम केन्द्रलाई नेपाल सरकारले २०७४ सालदेखि तनहुँ प्राविधिक शिक्षालयमा रुपान्तरण गरेको छ ।) एसएलसीको परीक्षाको मिति तोक्ने विषयलाई नियमित र व्यवस्थित बनाए । ११ र १२ कक्षाको पढाइ साथै कक्षा सञ्चालनमा एक रुपता ल्याउनमा ठूलो मिहनेत गरे । एसएलसीको रिजल्ट प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरूले ६ महिना कुर्नुपर्ने अवस्थालाई परित्यक्त गराए । विद्यालयका प्र.अ. हरूको शैक्षिक योग्यतामा एक रुपता मात्र होइन अपितु उनीहरूलाई बढी जिम्मेबारी बनाउन अवधी समेत निर्धारण गरिदिए ।
जननायक विपि कोइरालाले प्रतिपादन गरेको नेपाली कांग्रेसको सिद्धान्त राष्टिूयता, प्रजातन्त्र र समाजवादका समर्थक, प्रचारक एवम् सच्चा अनुयायी, नेपाली कांग्रसका नेता, पूर्व सह(महामन्त्री, पूर्व गृहमन्त्री जोशीसँग कसैसँग व्यक्तिगत रिसिबी, कटाक्ष र खटपट होला त्यो आफ्नो ठाउँमा छ । तर उनले आफ्नो पार्टी र जनताको कार्य गर्नको लागि कहिल्यै पिठ फर्कार भागेनन् । तर उनको सामू समस्याको पोको फुकाउने जो कोहीलाई पनि उनले खाली हात फर्काएनन् । कतिपय नेताहरूले जनताको काम नगर्ने तर आफ्ना नेता वा कार्यकर्ता वा भोटरहरूको मात्र काम गरेर आफ्नो दरिद्रता पस्कन्छन् । तर जोशी महोदयलाई भने त्यस प्रकारको आरोप कहिल्यै लागेन । उनले आफूले गर्न सक्ने र गर्न हुनी कामको लागि कहिल्यै आफ्नो र अर्काको भनेनन् । जनताको लागि रिस्क मोल्नु उनको स्वभाव नै थियो । नयाँ काममा उनको विशेष चाख थियो र छ पनि । त्यसैले त उनी सिर्जनशिल नेतामा दरिएका छन् ।

सुन्दैछु, हिजो आज आफ्नो पार्टीभित्र वा केही व्यक्ति विशेषसँगको खटपटको नाउँमा यस्ता मुर्धन्य, शाहासी र उर्जावान व्यक्ति जोशीलाई आफ्नो पार्टीबाट निकालिएको छ रे । यो सुन्न नमिल्ने, सुन्न पनि नसकिने घटना बाध्य भएर सुन्नपर्दा कयौँ दिनदेखि मन अमिलो भएको छ । आफ्नो जीवनभर पार्टी जोगाउन र पार्टीलाई जब्बर बनाउन भनेर रात दिन पहरो बनेर बस्नेको लागि यो तितो अथार्थ कति पिडादायी होला ? तनहुँको मात्र होइन समग्रमा नेपाली काङ्ग्रेसलाई जुरुक्क उठाउने मानिसलाई कसैको भनाइ वा चापलुसीको प्रभावमा परेर पार्टीबाट एकाएक निकालेर रोडमा पछार्नु पक्कै पनि सान्दर्भिक नहोला । तथापि हामीले भन्ने गरेको सतीले सरापेको देशको चरितार्थ उहाँमा पनि लागु हुन्छ कि ?

गोविन्दराज जोशी काँग्रेसका मात्रै होइनन्, तनहुँका सिङ्गो नेपालका खडि खम्बा हुन् । उनी कुनै पार्टीबाट फुत्त नपलाएर यै पार्टीमा जन्मे, हुर्र्के र बढे । उनी कुनै पार्टीबाट प्रवेश गरी आएको भए निस्कासनको अर्थ हुन्थ्यो । जो प्रवेशै गरेको छैन उसलाई निस्कासनको के अर्थ राख्छ र ?

साभार : tanahunawaj

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button