Uncategorizedपत्रपत्रिकाबाट

२१ लाखको घण्टाघरको हिसाब माग्दै तनहुँका युवा प्रर्दशनमा 〈फोटो फिचर 〉

दमौली, कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार असफल भएको भन्दै तनहुँमा आज पनि प्रर्दशन गरिएको छ । कोरोना संक्रमण दर बढिरहँदा राज्यले नागरिक दायित्व निर्वाह गर्न नसकेको भन्दै तनहुँका स्वतन्त्र युवाहरुले प्रर्दशन गरेका हुन् ।

अहिलेको संकट समाधानका लागि र जनजिवन सामान्य बनाउनका लागि सरकारले गरेको लगानी नागरिक तहसम्म नपुगेको उनिहरुको भनाई थियो । प्लेट कार्डसहित उनीहरु सडकमा उपस्थित भएका थिए । कर के का लागि?, १० अर्ब खै ?, क्वारेन्टाईनमै नागरिक किन असुरक्षित, पिसिआर परिक्षणको दायारा बढाउ, भन्ने जस्ता नारा लेखिएका प्लेकाट समातेर उनीहरुसडकमा उभिएका हुन् ।
राष्ट्रिय गान बाट सुरु भएको उक्त प्रदर्शन दमौली बजार परिक्रम पश्चात सकिएको थियो ।

. उनिहरु राष्ट्रिय मुद्धा सहित स्थानिय मुद्धाहरुको पनि आवज उठाएका थिए ।उनिहरुले व्यास ३ स्थित निर्माणधीन अवस्थामा रहेको विपिवनपाटिका खेलमैदान निर्माणको ढिलाई भएको र व्यास २ स्थित निर्माण भएको २१ लाखको घन्टा घरको हिसाबको माग गरेका छन् ।

 

 

 

 

Show More

Related Articles

Back to top button