समाचारविचारUncategorized

सालको पातले धानिएको जिन्दगी

सविन लामिछाने,

बिहानको झिसमिसे उज्यालो सँगै ६८ वर्षीया नन्नकुमारी दवाडीको निद्रा खुल्छ । अनि आफनो नित्यकर्म गरेर घर नजिकको जंगलमा सालको पात टिप्न जान्छिन् । ऋषिङ १ झापूटारबाट उनि सालको पातको मुठा लिएर दमौली बजारमा बेच्न आउछीन् । चाउरी परेको अनुहार , सेताम्मे कपाल भएकी नन्नकुमारीले बुढ्यौली महसुस गर्न पाएकै छैनन्। घरमै बसेर परिवारका सदस्यले दिएको मीठो मसिनो खाने उमेर भइसक्यो तर काम नगरी चित्तै बुझ्दैन उनलाई। बिहानै उठ्यो जंगल गयो अनी सालका पात टिपेर ल्यायो अनी घर घरमै पुगेर बेच्नु उनको दैनिकी नै हो। नन्नकुमारीले सालको पात बेचेर नै आफ्नो जीवन गुजरा गर्ने गरेकी छन्।

घरमा आफू र आफ्ना बृद्ध श्रीमान मात्र रहेका छन्। उनि भने आफ्ना लागि चाहिने खर्च जुटाउन आफै लागी पर्दै आएकी हुन्छिन्। पूजाआजा र अन्य प्रयोजनका लागि पनि सालको पातका टपरी बनाउने र प्रयोगमा ल्याउने पुरानै प्रचलन हो। उनले जंगलमा गएर साना साना सालका रुखबाट पात टिपेर ल्याउछिन् अनि घरमा ल्याएर मुठा बनाउने गर्दछिन्। वर्षौदेखि झुमिसरा यही काम गर्दै आइरहेकी छन्। आफुले यो काम सुरु गर्दा पहिले ३० रुपैयाँ प्रतिमुठा बेच्ने गरे पनि अहिले प्रतिमुठा ५० देखि ६० रुपैंयामा बेच्दै आएकी छन्। उमेरले नेटो काटिसक्दा यो काम गर्न झमिसरालाई सहज भने छैन।

चिउडो कुमाउदै कापेको स्वरमा उनि भन्छिन के गर्ने पेट पाल्नका लागि गर्नै पर्ने रहेछ, बुढी भएँ। रुख चढ्न सक्दीन भूइबाट टिप्न मिल्ने मात्र टिपेर ल्याउँछु जंगल जान आउन समेत धौ हुन्छ। दवाडीले सकी नसकी मिहिनेत गरेर सालको पात बेचेर घरमा बिहान र बेलुकी छाक टार्न पुगेको बताउँछिन्। पछिल्लो समय बजारमा आएका पलाष्टिक र कागजका थाल कचौराहरूले पटरी प्रयोग गर्नेहरूको संख्यामा कमी हुँदा उनलार्ई पनि असर गरेको छ। पहिलेको तुलनामा माग कम भएको उनको भनाइ छ । उमेरले नेटो काट्दै गर्दा पनि नन्नकुमारीलाई मिहिनतलाई सम्मान गर्नै पर्छ। काइदा जाने फाइदा हुन्छ भनेझै इच्छा सक्ति भए जुनसुकै काम गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण हुन नन्नकुमारी ।

Show More

Related Articles

Back to top button