विचारUncategorized

सवारी दुद्र्यटना न्युनीकरण गर्न ट्राफिकलाई कोन

तनहँु उद्योग वाणिज्य संघले जिल्लामा हुने गरेका सवारी दुद्र्यटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ थान कोन हस्तान्तरण गरिएको छ । आईतबार उद्योग वाणिज्यको हलमा एक कार्यक्रमको बीच ट्राफिकलाई कोन हस्तान्तरण गरिएको हो । तनहँु उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका प्रमु्ख रेशम रानाभाटलाई कोन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्या एवंम् संघका सल्लाहकार देवकुमार श्रेष्ठले अनुशासित र मर्यादित भई ट्राफिक नियम सबैले पालना गरेमा दुद्र्यटना कम हुने बताए । उनले सवारी दुद्र्यटना कमगर्न सबैलाई सचेत गराउन आवश्यक रहेको बताए ।

उनले भने,‘अनुशासित र मर्यादित भएर ट्राफिक नियमको पालना गरेमा दुद्र्यटना कम हुन्छ, सबले दुद्र्यटना न्यनीकरण अभियानमा सहयोग गर्न आवश्यक देखिन्छ । ’ त्यस्तै ट्राफिक प्रमुख रानाभाटले बढ्दो सवारी चापले दुद्र्यटना बढेको बताउदै ट्राफिक व्यवस्थापनमा संघले गदै आएको सहयोग उदाहरणीय रहेको बताए । उनले लकडाउन खुल्न साथ सडकमा सवारीको चाप बढ्दै गएको र ट्राफिक व्यवस्थापनमा सबैको सहयोगको आवश्यक रहेको बताए । उनले भने,‘बढ्दो सवारी दुद्र्यटना न्युनिकरणको ट्राफिक प्रहरीले विभिन्न अवधारण ल्याउन लागेका छौ, जुन कार्यमा हातमा हात र काधमा काध मिलाएर अघि बढ्नु पर्छ । ’

बजार क्षेत्रमा जथाभावी पार्किङ गर्नेलाई चेन ह्लि लकको अवधारण ल्याउन लागेको उनले जानकारी दिए । संघका अध्यक्ष मानकाजी श्रेष्ठले जिल्लाको बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग गरेको बताए । उनले मदिरा सेवन र त्रिव गतिको कारण सवारी दुद्र्यटना बढेको बताए । उक्त कोन दमौली बजार लगायत जिल्लाको विभिन्न बजार क्षेत्रको चोेकमा राखिने भएको छ । अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र, पूर्व अध्यक्ष शंखरलाल राज भण्डारी,दमौली बजार ईकाईका सभापति राजकुमार श्रेष्ठ लगायतले बोलेका थिए भने संघका महासचिव इमकुमार मल्लले कार्यक्रम संचालन गरेका थिए।

Show More

Related Articles

Back to top button