समाचारविचारUncategorized

सवारी दुद्र्यटनामा दम्पती घाईते

पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको खैरेनीटार मिलडाँडामा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक दम्पती घाईते भएका छन् । दुलेगौँडाबाट दमौलीतर्फ गईरहेको ग ११ प ८४१२ नम्बरको तीन पाङग्रे स्कुटरलाई सोही दिशाबाट गईरहेको ना ६ ख ३४२१ नम्बरको ट्रकले ठक्कर दिदाँ उक्त दुद्र्यटना भएको हो । घाईते हुनेहरुमा शुक्लागण्डकी –५,झरौटाका स्कुटर चालक ६८ बर्षीय धनबहादुर वि.क र पछाडी सवार उनकी श्रीमति ७३ बर्षीया उमा वि.क रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । घाइते उमाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदीश रेग्मीले बताए ।घाईते उमालाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । चालक धनबहादुरको जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा उपचार भईरहेको प्रहरीले जनाएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button