समाचारशुक्लगण्डकीAll

शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन

दमौली खबर संवाददाता
दमौली,  मंसिर १२ गते । शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन गरिएको छ । मञ्चको सोमवार दुलेगौंडामा भएको बैठकले शिव शंकर बानियाँ, ध्रुव पौडेल, कमल मोहन घिमिरे र पशुपती अर्याललाई सल्लाहकारमा चयन गरेको अध्यक्ष राजन उपाध्यायले जानकारी दिनुभयो ।
 बानीयाँ रेडियो तनहुँका स्टेसन मेनेजर हुनुहुन्छ भने पौडेल नेपाल समाज डटकमका अध्यक्ष हुनुहुन्छ । कमलमोहन घिमिरे आदर्श समाज राष्ट्रिय दैनिका र अर्याल रेडियो ढोरबाराहीमा आवद्ध हुनुहुन्छ । मञ्चका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको बैठकले शुक्लागण्डकी नगरपालिकासँग सहकार्यगरि विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको सचिव अशोक विश्वकर्माले जानकारी दिनुभयो । शुक्लागण्डकी क्षेत्रमा क्रियाशिल पत्रकार र सञ्चारकर्मीले केही समय अघि मञ्च स्थापना गरेका थिए ।
Show More

Related Articles

Back to top button