समाचार

विपन्नको सारथी लियो

दमौली खबर सम्वाददाता
मंसिर २० दमौली ।

जिल्लामा क्रियाशिल सामाजिक संस्था लियो क्लबले आर्थीक स्थिती कमजोर रहेको परिवारलाई सहयोग गरेको छ । ६३ औं अन्तराष्ट्रिय लियो दिवसको अवसरमा दमौलीमा रहेका लियो क्लबले व्यास ३ मा रहेको गणेश गुरुङको परिवारलाई सहयोग प्रदान गरेको हो । लियो क्लब अफ तनहँु, लियो क्लब अफ सत्यवति र लियो क्लब अफ लियो क्लब अफ तनहँु निर्मल अल्फाले संयुक्त रुपमा गुरुङको परिवारलाई न्यानो कपडा, सिरक सहित खाद्यन सहयोग गरेको हो । लियो क्लब अफ तनहँुका अध्यक्ष प्रवेश पोख्ररेलले भने,‘ अुनुसार आर्थीक स्थिती कमोजर रहेकाले उपचार गर्न नपाएको र न्यानो कपडा पनि नभएकाले हामीले सहयोग गरेका हौं । ’ व्यास ३ शान्ति नगरको बले धारा नजिक पुरानो घरमा बस्दै आएका मान बिर गुरुङका छोरा गणेश गुरुङ जन्मजातनै अपांगता हुन् ।

गुरुङ अहिले दमौली बजारमा माग्दै हिडेको देख्न सकिन्छ । बोल्न अलि लर्बरिने गुरुङलाई सानैमा आमाले छोडेर गएपछि अहिले कान्छी आमा उदेश्य चौधरी गुरुङ र बाबा सङ्ग बस्दै आएका छन् । उनका बुबा मजदुरी गर्ने गर्छन् । लकडाउनमा काम नभएपछि घर भाडा तिर्न नसकेपछि गुरुङ परिवारलाई घर धनिले निकालि दिएपछि बुल्दी खोला घट्ता माथी वडारमा एक रात कटाउन बाध्य भएका थिए ।

्गुरुङ परिवारलाइ नगरपालिकाले सहयोग गर्ने अस्वासन दिए पनि अहिले सम्म त्यस्तो सहयोग केहि नभएको बुवा मान वीर गुरुङ बताउछन् ।

यस अघि लियो क्लब अफ तनहँुले व्यास ५ पराशर आश्रममा न्यानो कपडा वितरण गरेको थियो ।

 

 

Show More

Related Articles

Back to top button