विचारखेलकुद

यस्तो पो वडाध्यक्ष !

‘फुर्सद कत्ति छैन् । योजना कार्यान्वयन तीब्र गतिमा छ । ति स्थानमा पुग्नै पर्छ । वडा कार्यालयबाट दिने सेवामा पनि ध्यान दिनै प¥यो ।’ एक युवा वडाअध्यक्षको रुपमा व्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ परिचित छन् । नगरपालिकाको प्रवक्ता समेत रहेका उनि वडा अध्यक्ष हुनु भन्दा पहिला नै युवा व्यवसायीको रुपमा परिचित थिए । उनमा जनताको भावना अनुसार चल्न सक्ने क्षमता छ । त्यही भएर उनको टिम स्थानीय तहको निर्वाचनमा विजयी हुन सफल भयो । वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि चुनाबमा भनिएका प्रतिवद्धता पूरा गदै आएका छन् । ‘जनताको भावना अनुसार हामी चल्नुपर्छ । चल्छौं पनि । कार्यकाल पनि पूरा हुन लाग्यो । चुनावी प्रतिवद्धता पूरा भईसक्यों । हामीले गरेको काम महशुस वडावासीले पाएका छन्’ उनले भने ‘जनतालाई आय आर्जनमा समाहित गरेर समृद्धि नगरबनाउने अठोट छ ।’ नगरपालिकाका अन्र्तगत वडा नं ५ बजार र ग्रामीण क्षेत्र पनि छ ।

जहाँ पूर्वाधार विकासको खाँचो छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफ्नो ठाउँको विकास गर्न आफै योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ । सडकलाई कालोपत्रे गर्ने योजना अनुरुप कामहरु भएका छन् । स्थानिय तह आएसँगै उक्त वडाको मानुङ मार्ग, पाटन मार्ग, माहेन्द्री मार्गमा कालोपत्रे गरिएको उनले बताए । ‘हाम्रो प्राथमिकता कुषि, पर्यटन र सडक पूर्वाधार हो । त्योसँगै किसानहरुको खेत बारीसम्म पुग्ने कुलो निर्माणमा जोड गरेका छौं’ वडा अध्यक्ष श्रेष्ठले भने ‘वडामा आएको बजेट मध्ये २० प्रतिशत रकम लक्षित वर्गको क्षमता अभिवृद्धि र आय आर्जनका तालिममा लगाएका छौं ।’ उनका अनुसार युवा, महिला लक्षित विभिन्न कार्यक्रम गरि रोजगारी दिलाएको उनले बताए । उनले भने, ‘जनताका आवश्यकता धेरै छन् । ति आवश्यकताहरु पूरा गर्न जरुरी पनि छ ।

हामिहरु योजना बद्ध रुपमा लागेका छौं । हरेक वर्ष ठूला र दीर्घकालीन महत्वका योजना ल्याएका छौं’ श्रेष्ठले भने ‘सडक पूर्वाधारलाई अझ विस्तार गर्छौं, वडा नम्बर ५ को सबै बस्ती सडकले जोडिएको छ ।’ त्यस्तै रित्तिदै गएको मानुङलाई पर्यटकीय स्थल बनाई बस्ती बसालेको उनले बताए । उनले भने‘मानुङ गाँउ बाट स्थानियहरु विकासको खोजीमा सहर पस्न थालेका थिए, हामीले त्यहाँ पर्यटकीय स्थलको रुपमा स्थापित गर्न सफल भयौं ।’ उनले थपे,‘ अहिले गाँउ फर्केने क्रम जारी छ , बजारका मानिस समेत त्यहाँ गएर बस्न थालेका छन् । ’ उक्त ठाँउमा चाँडैनै भ्यु पोईन्ट बनाउन लागिएको उनले जानकारी दिए । त्यस्तै वडाले सबै ठाँउमा खानेपानी पनि पुराएको उनले बताए । स्थानिय तह आएसँगै खानेपानीको अभाव रहेको भँगेरी क्षेत्रिगाँउ, कन्टार चापाघाट क्षेत्र लगायत विभिन्न गाँउमा घर÷घरमा खानेपानी पुराएको उनले बताए ।

उनले भने,‘जनतालाई घरमै सरकार आएको महशुस दिलाएका छौं । ’त्यस्तै वडाले खरको छानो विस्थापित अभियानलाई निरन्तरता दिएको छ । त्यस्तै स्वास्थ्यको क्षेत्रमा उक्त वडा अगाडी रहेको छ । आफनै भवनमा रहेको उक्त वडा कार्यालयले आफनो प्राङगणमा पतेनी आधारभूत स्वास्थ्य केन्द्र पनि राखेको छ । त्यस्तै वडाले खेलकुद क्षेत्रमा पनि विकास गरेको छ । प्रदेश सरकारको १० लाख र वडा कार्यालयको १५ लाख गरि पाटन खेलकुद मैदान निर्माण गरिएको उनले बताए ।      नगरपालिकाबाट वडा नं. ५ लाई हरेक वर्ष विभिन्न योजनाहरुमा एक करोड बजेट प्राप्त हुने गर्दछ ।

Show More

Related Articles

Back to top button