Uncategorizedसमाचार

‘मेरा पनि सुखका दिन आए’

नन्दकुमारी दवाडीलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। उनी अहिले सायद ७७÷७८ वर्षकी भइन्। उनका १५ छोरा जन्मिए। १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोरा विवाह गरेर ससुराली तिरै बस्छ । नन्दकुमारीको बस्ने ठेगान छैन । कहिले कहाँ बस्छिन् कहिले कहाँ । अहिले उनि ऋषिङ १ झापुटारमा भाडामा घर लिएर बसेकी छिन् । महिनामा एक हजार भाडा तिरेर उनि र उनको श्रीमान् त्यहाँ बस्दै आएका छखन् । भत्किन लागेको घर । तर घरभित्र एउटा औसत परिवारलाई चाहिने सामान भने छैन। न खाट, न कुर्सी, न टेबल, न कार्पेट। उनि बोरा ओछ्याएर सुत्ने गर्छ। ‘जाडोमा चार–पाँच महिनाचाहिँ पराल ओछ्याउनुपर्छ,’ उनले भनिन्।

ऋषिङ १ झापूटारबाट उनी सालको पातको मुठा लिएर दमौली बजारमा बेच्न आउँछीन् । चाउरी परेको अनुहार, सेताम्मे कपाल भएकी नन्नकुमारीले बुढ्यौली महसुस गर्न पाएकै छैनन् । घरमै बसेर परिवारका सदस्यले दिएको मीठो मसिनो खाने उमेर भइसक्यो तर काम नगरी चित्तै बुझ्दैन उनलाई । विहानै उठ्यो जंगल गयो, सालका पात टिपेर ल्यायो, घर–घरमै पुगेर बेच्नु उनको दैनिकी नै हो । नन्दकुमारीले सालको पात बेचेर नै आफ्नो जीवन गुजरा गर्ने गरेकी छन् । घरमा आफू र आफ्ना बृद्ध श्रीमान मात्र रहेका छन् । उनी भने आफ्ना लागि चाहिने खर्च जुटाउन आफै दुःख गर्दै आएकी छन् । उनले भनिन्, ‘कमाएको पैसा दुई छाक खाँदै सकिन्छ, खाट र न्यानो लुगा कसरी किन्नु ? ’जो जाडोमा शीतले नुहाउँछन्। उनीहरू अहिलेसम्म खाटमा सुतेका छैनन्।

ढोकै नभएको घरमा बस्दै आएका धेरैले सरकारी सहयोगमा पक्की घर त बनाएका छन् तर त्यो घरले न्यानो भने दिँदैन। धेरै नेपाली जाडोमा सिरक डसनाका खोल फेर्छन्, उनीजस्ता विपन्न समुदायसँग न सिरक–डसना छ, न खोल फेर्ने पैसा। नन्दकुमारीलाई सरसफाइको ज्ञान पनि छैन। उनि विहानको झिसमिसे उज्यालो सँगै उठेर आफनो नित्यकर्म गरेर घर नजिकको जंगलमा सालको पात टिप्न जान्छिन् । पूजाआजा र अन्य प्रयोजनका लागि पनि सालको पातका टपरी बनाउने र प्रयोगमा ल्याउने पुरानै प्रचलन हो । उनले जंगलमा गएर साना–साना सालका रुखबाट पात टिपेर ल्याउछिन् अनि घरमा ल्याएर मुठा बनाउने गर्दछिन् । वर्षौदेखि झुमिसरा यही काम गर्दै आइरहेकी छन् । आफुले यो काम सुरु गर्दा पहिले ३० रुपैयाँ प्रतिमुठा बेच्ने गरे पनि अहिले प्रतिमुठा ५० देखि ६० रुपैंयामा बेच्दै आएकी छन् ।

उमेरले नेटो काटिसक्दा यो काम गर्न उनलाई सहज भने छैन । चिउँडो कुमाउदै कापेको स्वरमा उनी भन्छिन्–‘के गर्ने पेट पाल्नका लागि गर्नै पर्ने रहेछ, बुढी भएँ । रुख चढ्न सक्दीन भूइँबाट टिप्न मिल्ने मात्र टिपेर ल्याउँछु जंगल जान आउन समेत धौ हुन्छ ।’ दवाडीले सकी नसकी मिहिनेत गरेर सालको पात बेचेर घरमा विहान र बेलुकी छाक टार्न पुगेको बताउँछिन् । पछिल्लो समय बजारमा आएका पलाष्टिक र कागजका थाल कचौराहरूले पटरी प्रयोग गर्नेहरूको संख्यामा कमी हुँदा उनलार्ई पनि असर गरेको छ । पहिलेको तुलनामा माग कम भएको उनको भनाई छ । उमेरले नेटो काट्दै गर्दा पनि नन्नकुमारीले गरेको मेहनतलाई सम्मान गर्नै पर्छ । ‘काइदा जाने फाइदा हुन्छ’ भनेझैँ इच्छा शक्ति भए जुनसुकै काम गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण हुन नन्नकुमारी ।

सहयोग जुट्दै

जाडोको समयमा भुईमा बोरा ओछाएर सुत्ने गरेको थाहा पाएपछि व्यास २का निवासी मोड समिम खानले न्यायो कपडा सहयोग गरेका छन् । बुधबार घरमै पुगरे उनले ओडने र ओछाउने कपडा सहयोग गरेका हुन् । सामाजिक सञ्जालमा नन्दकुमारीलाई सहयोगको आवश्यकता परेको थाहा पाएपछि सहयोग गरेको खानले बताए । उनले भने,‘जाडोको समयमा भुईमै सुत्नु पर्ने बाध्यता रहेछ । तत्कालको लागि केही नगद सहित लगाउन कपडा र ओछाउने कपडा सहयोग गरेको हुँ । ’ सहयोग लिदै नन्दकुमारीले धन्यवाद ज्ञापन गरिन् । मुस्कुराउदै उनले भनिन्,‘अहिले धेरैले सहयोग गर्नुभएको छ । मेरो पनि सुखीका दिन आए । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button