मुकुन्देश्वरी मन्दिरको ऐतिहासिकता जोगाऔं
सम्पादकीय
मुकुन्देश्वरी मन्दिर दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकले वाइसी चौविसी कालका पाल्पाली राजा मणिमुकुन्द सेन राजाद्वारा स्थापित मुकुन्देश्वरी मन्दिरको ऐतिहासिकता जोगाउने काम लागेको छ । जस अन्तर्गत चैते देशैमा मेला आयोजना गर्नुका साथै वैदिक विधिपूवर्कक पुजा गरेको छ । यसका साथै समितिले मन्दिर पुर्ननिर्माणको कामलाई ध्यान दिएको छ । मुकुेन्देश्वरी डाँडामा भग्नावशेष रुपमा रहेको दरबार, दुँडिखेल लगायतका छन् । ति ऐतिहासिक स्थल र मन्दिरको संरक्षणको लागि ढिला गर्नु हुँदैन । सो मन्दिरमा राजा मणिमुकुन्दसेन शक्तिपुञ्ज देवी खड्गमाईको पूजाआरधना गर्ने स्थानीय बुढापाकाहरु बताउँछन् । अकस्मात एक दिन उनी आफ्ना गुरुखलक भट्टराई थरका ब्राह्मणको घरमा बास बस्न पुगेको र ब्राह्मणका घरमा राखिएको खड्गमा देवी चढेकोले झाक्रीको माध्यमबाट यही मुकुन्देश्वरीको चुचुरामा खड्गदेवी स्थापना गरी पूजाआजा हुँदै आएको किबदन्ती पाईन्छ । शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरे पछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन । जे होस् समितिले तातेर यस क्षेत्रको संरक्षणको लागि कम्मर कसेर लागेको छ । मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा वडादशंैमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरवारमा खड्गदेवी प्रकट भए पछि शिखरको देवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ । यो ऐतिहासिक कुरालाई भावी पुस्तालाई जानकारी दिनु अपरिहार्य छ । सो ठाउँअग्लो र त्यहाँबाट हातैले छोए जस्तो लाग्ने हिमालको दृश्य तथा मनोरम फाँटहरु देखिने भएकोले पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक छ । त्यसको लागि विशेष गरेर बन्दीपुर गाउँपालिका लागि पर्नु आवश्यक देखिन्छ । पालिकालाई झकझकाउन स्थानीय बासिन्दाहरु सक्रिय पूर्वक लाग्नु जरुरी छ ।