समाचारशिक्षाव्यासविचार

महिला सञ्चारकर्मीलाई लेखन सिप विकास तालिम

क्रियाशिल महिला पत्रकार तनहँुले पत्रकार महिलाका लागि लेखन सिप विकास तालिम प्रदान गरेको छ । व्यास नगरपालिकाको सहयोगमा क्रियाशिल महिला पत्रकारले तनहँुको विभिन्न सञ्चारमाध्यममा आवद्ध महिला सञ्चारकर्मीलाई तालिम प्रदान गरेको हो । शनिबार तालिमको उद्घाटन गदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकारिता क्षेत्रमा महिलाको राम्रो उपस्थिती बनाउन आवश्यक रहेको भन्दै लेखन क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुपर्ने बताए । उनले सञ्चारकर्मी देशको चौथौ अंग रहेकाले सत्यतथ्य समाचार लेख्नुपर्ने बताए । तालिमले जिल्लाको पत्रकारितामा नयाँ पुस्ताको आगमनलाई प्रोत्साहित गर्ने बिश्वास व्यक्त गरे ।उनले भने, ‘पछिल्लो समय सञ्चार माध्यम प्रतिको आकर्षण घटिरहेको जस्तो देखिन्छ । ’ महिला पत्रकारको क्षमता अभिवृद्धिको लागि नगरपालिका सधै सहयोग गर्न तयार रहेको उनले बताए । त्यस्तै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले सञ्चार क्षेत्रमा काम गर्नमा मात्र नभई अन्य क्षेत्रमा काम गर्न खोज्ने र रोज्नेहरुका लागि पनि महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य गोरा मियाँ, महासंघ तनहुँका पूर्व अध्यक्षहरु डम्मर अधिकारी, प्रदिप पौडेल लगायतले बोलेका थिए । तालिममा क्रियाशिल महिला पत्रकार सरिता पंगेनी र दुर्गा अधिकारी प्रशिक्षण दिएका थिए । तालिम दुई दिन सम्म चल्ने भएको छ । तनहँुको विभिन्न सञ्चार माध्यममा आवद्ध रहेको ३० जना महिला सञ्चारकर्मीलाई लेखन बृद्धि गर्न तालिम सञ्चालन गरिएको अध्यक्ष अन्जना तिमिल्सेनाले जानकारी दिईन् ।

Show More

Related Articles

Back to top button