समाचारभानु

भानु नगरपालिकाद्धारा कृषकलाई सम्मान

दमौली खबर संवाददाता

दमौली, चैत्र २८

तनहुँको भानु नगरपालिकाले कृषकलाई सम्मान गरेको छ ।

भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८०-०८१ को बार्षिक स्विकृत कृषक सम्मान कार्यक्रमको अन्तर्गत भानु नगरपालिका भित्र रहेका व्यवसायिक रूपमा पशुपालक गरिरहेका कृषकहरुलाई हौसला प्रदान गरी पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा बुद्धि गर्ने उद्धेश्य सम्मान गरिएको  हो ।

भानु नगरपालिका भित्र रहेका कृषकहरुलाई गाईभैसी पालन,बाख्रापालन,माछा पालन,बंगुर पालन र कुखुरापालन मा गरी ५ वटा बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना कृषकलाई सम्मानित गरेको छ । उत्कृष्ट ५ जनालाई कृषकलाई जनही ३ हजार रुपैयाँ र सर्वोत्कृष्ट कृषकलाई जनही ५ हजार रूपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको थियो । किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा पशुपालन गरिरहेका ती किसानबाट अरुले पनि सिकून भनेर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताउनु भयो । उहाँका अनुसार कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग गरिएका किसानमध्येबाट फिल्डमा पटक पटक गएर गरिएको अनुगमनका आधारमा  उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको हो ।

यो कार्यक्रमले युवाहरू लाई पशुपालन क्षेत्रमा हौसला प्रदान गरी आगामी दिनमा पनी निरन्तर सहयोग गर्दै कृषकलाई हातेमालो गर्दै अधि बढ्दै जाने र आगामी बजेट निर्माणमा समेत सहयोग हुने आर्थिक विकास समिती संयोजक अर्जुन बहादुर बोहोराले बताउनु भयो ।

सम्मानित हुनेमा गाई भैसी पालन बिधा तर्फ सर्वोत्कृष्ट कुशल चन्द्र अधिकारी र उत्कृष्ट सरस्वती घिमिरे , बाख्रापालन बिधा तर्फ सर्वोत्कृष्ट मान बहादुर भण्डारी र उत्कृष्ट बिन्दु अधिकारी, माछा पाललन बिधा तर्फ सर्वोत्कृष्ट लक्ष्मी श्री राजभण्डारी श्रेष्ठ र उत्कृष्ट सोम प्रसाद खनाल, कुखुरापालन बिधा तर्फ सर्वोत्कृष्ट नारायण देवी खड्का भण्डारी र उत्कृष्ट धर्मराज अधिकारीरहेका छन् ।

Show More

Related Articles

Back to top button